काठमाडाैं । कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डीआरसी) मा रहेको किभु तालमा बिहीबार डुंगा डुब्दा कम्तीमा ८७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दक्षिण किभु प्रान्तको मिनोभा शहरबाट आएको डुंगा उत्तरी किभु प्रान्तको राजधानी गोमाको बाहिरी भागमा रहेको कितुकु बन्दरगाह नजिकै पल्टिएको हो ।
किन्शासामा केन्द्र सरकारलाई सम्बोधन गरेको प्रतिवेदनमा प्रान्तीय सरकारले पनि ७८ जना अझै बेपत्ता रहेको बताएको छ । फेला परेका ८७ जनाको शव गोमास्थित सामान्य अस्पतालको शवगृहमा लगिएको छ भने बाँचेका अन्य ९ जनालाई अस्पताल लगिएको छ । डुंगामा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन
उहाँकाअनुसार जहाजमा करिव ५ सय जना थिए बन्दरगाहबाट करिव ७ सय मिटर टाढा डुङ्गाले हिंस्रक छालको सामना गर्न नसकेको बताइएको छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच