मूल्य घटेपछि च्याङ्ग्राको व्यापार बढ्यो

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । सोमबार १२ दिनको यात्रापछि मुस्ताङ्का च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १०४ वटा च्याङ्ग्रा भित्राएका छन् । तीन दिन अघि बागलुङका च्याङ्ग्रा व्यापारी महेन्द्र केसीले ७४ च्याङ्ग्रा भित्राउनुभएको थियो । मुस्ताङी च्याङ्ग्राको मुल्यमा गिरावट आएपछि माग बढेको पाइएको छ ।

१०४ च्याङ्ग्रा मध्ये ५० च्याङ्ग्रा बागलुङ आइपुग्दै विक्रि भइसकेको छ्याङ्तो गुरुङले बताउनुभयो । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरबाट ११ दिन लगाएर बागलुङमा च्याङ्ग्रा ल्याएको गुरुङको भनाई छ । गत वर्ष रोज्जा च्याङ्ग्रालाई ५५ हजारमा विक्रि गरेको बताउदै यो वर्ष ४५ हजारमा विक्रि गरिरहेको बताउनुभयो ।

“छोसेरबाट हिडेर ११ दिनमा बागलुङ आइयो, बाटोमै ५० च्याङ्गा विक्रि भइसके, अझै ५४ च्याङ्ग्रा रहेका छन्, अहिले च्याङ्ग्राको भाउ सस्तिएका कारण व्यापार फष्टाएको छ” गुरुङले भन्नुभयो “परम्परागतरुपमा पाल्दै आएको च्याङ्ग्रा विक्रिका लागि आफै विक्रि गर्दै आएको छु, आफै च्याङ्ग्रा उत्पादन र आफै विक्रि गर्दा नाफा धेरै हुन्छ ।”

कोसेलीका लागि र दशैंमा च्याङ्ग्राको मासु खाने चलनका कारण मुस्ताङको च्याङ्ग्रा विक्रिका लागि म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरा सम्म पुग्नेगरेको छ । मुस्ताङ्को चिसो हावापानीमा हुर्केका च्याङ्ग्राको मासु स्वादिष्ट हुने गरेकाले दशैंमा च्याङ्ग्रा भित्रिएको छ ।

च्याङ्ग्राको मुल्यमा १० देखि १५ हजार सम्म घटेकाका कारण छिटो व्यापार भएको अर्का च्याङ्ग्रा व्यापारी छेक्तेन गुरुङले जानकारी दिनुभयो । गुरुङले आफ्नै गोठबाट च्याङ्ग्रा बजार सम्म पु¥याउदा अन्य व्यापारीले भन्दा धेरै आम्दानी हुने बताउनुभयो । बाबु बाजेदेखि पाल्दै आएको च्याङ्ग्रा आफूले समेत निरन्तरता दिदै आएको बताउनुभयो । अहिले बागलुङ बजारमा च्याङ्ग्रा कम भित्रिएपछि स्थानीयहरुले च्याङ्ग्राको कारोबार बढाएका हुन् ।

“यसपटक गोठबाटै च्याङ्ग्राको मुल्य सस्तिएको छ, त्यसैले छिटो व्यापार गरेर दशैंको टिका सम्म घर पुग्ने लक्ष्य रहेको छ” छेक्तेन गुरुङले भन्नुभयो “रोज्जा च्याङ्ग्रोलाई ४५ हजारमा विक्रि भइरहेको छ, चिनबाट च्याङ्ग्रा भित्रिएको हल्लाले व्यापारीहरु आत्तिएको पाइएको छ, गत वर्ष च्याङ्ग्राको मुल्य बढ्दा लामो समय नविक्दा व्यापारीहरु घाटामा परेकाले यो वर्ष सस्तिएको हो ।”

बागलुङमा महेन्द्र केसीले भित्राउनुभएको ७४ च्याङ्ग्रामा १६ वटा विक्रि भइसकेको बताउनुभयो । गत वर्ष च्याङ्ग्राको व्यापार घट्दा यस वर्ष बागलुङका थोरै च्याङ्ग्रा व्यापारी बागलुङबाट मुस्ताङ पुगेर च्याङ्ग्रा खरिद गरेको केसीले जानकारी दिनुभयो ।

च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा भाउ महङ्गो भएपछि यस वर्ष केही सस्तो भएको हो । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले दशैंमा भेडाच्याङ्ग्रा खोज्ने केसीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?