
काठमाडौं । ग्लोबल आइएमई बैंक र माइजोईबीच सम्झौता भएको छ । युएईबाट नेपालमा सजिलै रकम पठाउन सकिने ग्लोबल आइएमई बैंक र माइजोईबीच रेमिट्यान्स पठाउन सहज माध्यम बनाउन सम्झौता भएको हो ।
सम्झौताअनुसार रोजगारीका क्रममा युएईमा रहेका नेपालीहरूले माइजोईको रेमिट्यान्स एपबाट सहजरूपमा आफ्नो परिवार तथा साथीभाइलाई नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।
सो अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले माइजोई वित्तीय समावेशीकरणमा बलियो फोकस भएको अग्रगामी डिजिटल प्लेटफर्म रहेकाले साझेदारी गर्न पाउँदा बैंक उत्साहित भएको बताउनुभयो ।
त्यसैगरी माइजोईका प्रमुख कार्यकारी अधिकृत साएद अलीले युएईमा रहेका नेपाली कामदारले आफ्ना प्रियजनलाई पैसा पठाउने द्रुत, सुविधाजनक र सुरक्षित तरिकामा पहुँच सुनिश्चित गर्दै ग्लोबल आइएमई बैंकसँग यात्रा सुरु गर्न पाउँदा माइजोई रोमाञ्चित रहेको बताउनुभयो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको पूर्ण स्वामित्वमा रहेको माइजोईले नवप्रवर्तन तथा फिनटेकका माध्यमबाट संसारभर रेमिट्यान्स सुविधा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच