काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर उषा भण्डारीलाई भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरले प्रोत्साहनस्वरूप १० लाख रुपैयाँ दिने भएको छ । करिअरकै उच्च लयमा रहनुभएकी उषालाई नेपाली भलिबलमा गरेको योगदान र स्तरवृद्धिमा साथ दिनका लागि प्रोत्साहनस्वरूप १० लाख दिएको भाटभटेनीले जनाएको छ । प्रोत्साहन रकमका लागि एकवर्षे सम्झौता गरिएको छ ।
नेपाली टिम काठमाडौंमा दुई महिनाअघि भएको काभा वुमेन्स भलिबल नेसन्स लिगमा उपविजेता भएको थियो । नेपाली टिमको यो यात्रामा तनहुँकी २० वर्षीया उषाले उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो । उहाँ फ्रेन्चाइज प्रतियोगिता एभरेष्ट वुमेन्स लिग भलिबलमा काठमाडौं स्पाइकरमा मार्की खेलाडी रहनुभएको थियो ।
गत महिना माल्दिभ्समा भएको काभा वुमेन्स क्लब भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस च्याम्पियन भएको थियो, जसमा उषाले च्याम्पियनसिपकै बेस्ट प्लेयर र बेस्ट आउटसाइड हिटरको अवार्ड चुम्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच