
जुम्ला । जुम्लाको तिला गाउँपालिका–१ स्थित रारामा तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’निर्माण भएपछि चारवटा वडा सडक सञ्जालमा जोडिएकाछन् । पुल निर्माण भएपछि सो गाउँपालिका–६, ७, ८ र ९ वडा सडक सञ्जालमा जोडिएको तिला– ६ का वडाध्यक्ष जंगबहादुर रोकायाले जानकारी दिनुभयो ।
पुल निर्माणपछि सो वडाहरूमा सवारीसाधनको पहुँचमा भएको छ । वडाध्यक्ष रोकायाले भन्नुभयो,“पुल संचालनमा आएपछि सो गाउँपालिकाका १३ वटा गाउँबस्ती एकसाथ राष्ट्रिय सडक सञ्जालसँग जोडिएको वडाध्यक्ष रोकायाको भनाइ छ । ” अब पुल निर्माणभई संचालनमा आएपछि यहाँका दैनिक उपभोग्य बस्तु ओसारपसार गर्न सहज पुग्ने तिला– ९ का स्थानीयवासि खड्का रावतले बताउनुभयोे ।
पुल नबन्दा ग्रामीण भेगका सडक प्रयोगविहीन भएका थियो । अब पुल बनेपछि सवारी साधन चल्ने र जोखिमपूर्ण यात्राबाट मुक्त भएको तिला– ९ का वडाध्यक्ष धनबहादुर रावतको भनाइ छ । वडासम्म ग्रामीण सडक निर्माण भइसकेकाछन् । पुल सञ्चालनमा आएसँगै गाउँसम्म यतायातका साधन पुग्नेभएका छन् । यहाँका स्थानीयवासीलाई राहत हुने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाको भनाइ छ ।
विसं २०७८ मा सडक डिभिजन कार्यालय जुम्लासँग ठेक्का सम्झौता भएको पुल निर्माण अवधि तीन वर्ष रहेको थियो । तोकिएको समयमा पुल निर्माण भएको ठेक्का लिएको निर्माण कम्पनी हीराचन्द अञ्जना खड्का जेभी जुम्लाका प्रबन्धक सुनम खड्काले बताउनुभयो ।
संघीय सरकारअन्तर्गतको सडक विभागको १४ करोड बजेटको लागतमा पुल निर्माण भएको सडक डिभिजन कार्यालयले जनाएको छ । पुल आठ मिटर चौडाइ र ५५ मिटर लम्बाइ रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
तिला नदीमा निर्माण भएको पुल संचालनमा आएसंगै यहाँका स्थानीयवासी, स–साना विद्यार्थी,बिरामीलगायतलाई ओहोरदोहोरमा सहज भएको तिला गाउँपालिकाले जनाएको छ ।
पुल निर्माण नहुँदा गाउँपालिका र बजार आउन करिब पाँचदेखि सात घण्टा बढी समय खर्चनुपर्ने अवस्था रहेको थियो । अब पुल निर्माणसँगै सवारीसाधन सञ्चालनमा आएपछि स्थानीयवासीलाई निकै राहत पुगेको तिलाका स्थानीयवासि बताउँछन् । गाउँपालिका सो वडाहरु भौगेलिक रूपमा विकट मानिन्छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच