✍️ ईश्वर दत्त भट्ट
बाल्यकाल
एडल्फ हिटलर सन् १९८९ अप्रिल २० मा अष्ट्रिया र जर्मनीको सिमाना पर्ने ब्राउनाउ एम इन भन्ने छोटो गाउँमा मध्यम वर्गीय परिवारमा जन्मिएका थिए । उनका बुवा अलोइस हिटलर भन्सार कर्मचारी थिए । उनकी आमा क्लारा हिटलर गृहणी थिइन् । हिटलर सानै उमेरदेखि साहित्य, संगीत, वास्तुकला र वक्तित्वकलामा निकै रुचि राख्ने गर्थे तर उनका बुबाले भने उनलाई सरकारी कर्मचारी बनाउन चाहान्थे ।
आफ्नो पुस्तक ‘मेरो संघर्ष’मा उनी लेख्छन् ‘मेरा बुबाले प्रताडन र प्रलोभन (साम, दाम, दण्ड) जस्ता कुराबाट सरकारी नोकरीप्रति आकर्षण गराउन अनेक प्रकारका उपाय लगाएर पूरा गर्ने प्रयत्न गर्नुभयो । तर, यसले मेरो हठधर्मिता भनौं या दृढ निश्चितता भनौ, यसको अगाडि केही पनि चलेन, हार खानुभयो । मलाई पनि यस कुराले दिक्क लाग्न थाल्यो कि म सरकारी मेशीनको एउटा पूर्जा अर्थात् अंग भएर रहनुपर्नेछ ।’ उनले अगाडि लेखेका छन्, ‘यतिसम्मकि चेतावनी र चुनौती समेतको रूपमा भन्नुभयो जब सम्म म बाँच्छु तबसम्म तिम्रो कलाकार बन्ने कुरा असम्भव छ । तर के गर्ने मेरा बा शेर हुनुहुन्थ्यो भने म सवा शेर थिए अर्थात् म निकै बाठो थिए ।’ सन् १९०३ मा हिटलर १३ वर्षको हुँदा उनका बुबाको मृत्युु भएपछि उनकी आमाले पनि उनलाई सरकारी जागिरकै लागि प्रेरित गर्ने गर्थिन तर त्यही समयमा उनको फोक्सोमा रोग देखियो र डाक्टरले ‘रियालसुल’ (बाहिर) नजान भनेर सल्लाह दिए । उनी आफ्नो पुस्तकमा लेख्छन् कि यो समयमा मेरो र आमाबीचको मतभेद सधैंका लागि अन्त्य भयो । त्यसको ठीक चार वर्ष अर्थात् सन् १९०७ मा उनकी आमा क्लाराको पनि मृत्यु हुन्छ ।
हिटलरलाई त्यतिबेलाको सामाजिक परिवेश र राजनीतिले क्रूरताको शिखरमा पुर्यायो र क्रूरताको प्रतिक बनायो अब उनको पछाडि लागेको क्रूरताले इतिहासमा कहिल्यै पनि उनलाई छोडने छैन । चित्रकार बन्ने सपना बोकेको एक सामान्य व्याक्ति राजनीतिक दुष्चक्रका कारण इतिहासकै क्रूर र तानाशाह बन्यो । उनी कहिले शाकाहारी थिएनन् तर पनि उनलाई शाकाहारी बनाइयो ।
हिटलर आफ्नो पुस्तकमा भन्छन् यो समय मेरा निम्ति निकै कष्टकर थियो यो समयमा मसँग खाना खानको निम्ति पैसा हुँदैन थियो । तर पनि म भोकभोकै बसेर भए पनि पुस्तकहरू जम्मा गरेर पढ्नेगर्थे । उनी आमाको मृत्यु पश्चात् सन् १९०८ मा अष्ट्रियाको राजधानी भियना गए र उनले त्यहाँ चित्रकला सिक्नका लागि एकेडेमी अफ फाइन आर्टसमा भर्ना हुन चाहेका थिए तर उनी दुईदुई चोटि उक्त एकेडेमीको प्रवेश परीक्षामा फेल भए र उनले चित्रकला सिक्न एकेडेमीमा भर्ना पाएनन् । सन् १९०८ देखि १९१३ सम्म उनी भिएनामा बसे । भनिन्छ उनमा यही समयदेखि यहुदीविरोधी विचार (सेमिटिज्म) उत्पन्न हुन थालेका थिए । उनले यो पाँच वर्षमा चरम गरिबी र बेरोजगारीको सामना गर्नुपरेको कुरा उनले आफ्नो पुस्तक ‘मेरो संघर्ष’मा उल्लेख गरेका छन् ।
सैन्य जीवन
सन् १९१३ पश्चात् उनी भिएनाबाट जर्मनिको बभेरिया राज्यको म्युनिख शहर गएका थिए । त्यतिबेला जर्मनिका चार राज्यहरू प्रसिया, सेक्सोनी, बुटेम्बर्ग र बभेरिया स्वतन्त्र थिए उनिहरूलाई आफ्नो सेना राख्न पाउने विशेष अधिकार थियो । जर्मनी पुगेका हिटलरले बभेरियन राज्यका राजा गुडबिल तृतीय समक्ष स्वैच्छिक रूपमा सैन्य सेवा गर्न निवेदन गरे । उनको निवेदन स्वीकार भएपछि उनी १६औं बभेरियन रिजर्भ रेजिडेन्टको सिपाही पदमा नियुक्त भए । त्यसपछी सन् १९१४ मा प्रथम विश्वयुद्ध सुरु भयो र हिटलर जर्मन सेनाको तर्फबाट विश्वयुद्वमा सामेल भए । प्रथम विश्वयुद्धमा उनले सिपाहीको रूपमा महत्वपूर्ण योगदान दिए र उनी यो युद्धमा दुई चोटि घाइते पनि भएका थिए । सन् १९१६ मा भएको फ्रान्स सँगको सोम्मेको भीषण युद्दमा लगभग १० लाख भन्दा बढी सैनिक मारिएका थिए ।
उक्त युद्दमा हिटलर पनि घाइते भएका थिए । त्यसपछि सन् १९१८ मा बेल्जियमको इप्पामा ब्रिटिश सैन्यले गरेको ग्यास आक्रमणमा पनि उनी घाइते भएका थिए । त्यही समयमा उनलाई त्यो ग्यासबाट बच्न ग्यास माक्सको प्रयोग गर्न सल्लाह दिइएको थियो । ग्यास माक्स प्रयोग गर्न उनलाई आफ्नो जुँगा हटाएर छोटो बनाउनु परेको थियो । हिटलरको जुन तस्वीर आजभोलि चर्चित छ त्यसमा उनको जुँगा छोटो छ त्यो जुँगा छोटो हुनुको पछाडि यही इप्पाको ग्यास आक्रमण थियो । तर, यसमा उनले ब्रिटिशलाई आफू चार्ली चाप्लिन बनेर मजाक उडाएका थिए भनेर पनि भन्ने गरिन्छ तर वास्तविकता त्यो थिएन । यही इप्पाको ग्यास आक्रमणमा उनीले आँखाको शक्ति पनि गुमाउनु परेकोे थियो । यही प्रथम विश्व युद्दमा उनले दुइटा सैन्य पुरस्कारसमेत पाएका थिए ।
पहिले सन् १९१४ मा आइरन क्रस द्दलम दर्जा र दोस्रो चोटि सन् १९१८ मा आइरन क्रस ज्ञकत दर्जा प्राप्त गरेका थिए । यसरी प्रथम विश्वयुद्दमा जर्मनीले हारको सामना गर्नुपरे पनि हिटलरको व्याक्तिगत जीवनमा भने निकै परिवर्तन आएको थियो । उनका लागि प्रथम विश्वयुद्ध आफुलाई जनता सामु उभ्याउन र आफ्ना विचारको प्रचार गर्ने माध्यम बन्यो जब १९१९ मा विश्वयुद्ध समाप्त भयो तब जर्मनिले ठूलो हारको सामना गर्नुप¥यो । हारको सामना सँगसँगै १९१९ को भर्साइको सन्धिले झन जर्मनलाई नराम्रोसँग बेइज्जतीको महसुस गरायो । भर्साइको सन्धिले जर्मनिलाई सम्पूर्ण प्रथम विश्व युद्दको जिम्मेवार बनाएको थियो ।
हिटलर यो सन्धिको विरोधी थिए र उनी भर्साइको सन्धि, माक्र्सवादको विरोध र सेमिटिज्म अर्थात् यहुदी विरोध एवं जर्मन राष्ट्रवादको समर्थन गर्थे । यही समयमा भर्साइको सन्धिको विरोध र सेमिटिज्मलाई बढावा दिन एन्टन ट्रेवारमरले जर्मन वकर्स पार्टीको स्थापना गरे । पछि गएर त्यही पार्टिको नाम बदलेर १९२० मा नेसनल सोसलिस्ट जर्मन वर्कस पार्टी (नाजी) राखियो र पार्टीको चिहृन स्वस्तिक राखियो । सन १९१९ मा हिटलरले यो पार्टिको सदस्यता लिएका थिए ।
प्रथम विश्वयुद्धप्रति हिटलरको दृष्टिकोण
प्रथम विश्वयुद्ध हुनुमा उनी स्लाववादलाई रुसले दिएको समर्थनको परिणाम हो भनेर भन्नेगर्थे । उनी आफ्नो पुस्तक ‘मेरो संघर्ष’मा लेख्छन् वाल्कन युद्धबाट आएको बबन्डरले उत्तेजित युरोपलाई पनि उथलपुथल गरिदियो । प्रथम विश्वयुद्ध हुनुपुर्व जापान र रुसबीच भएको युद्धमा हिटलर जापानको पक्षमा थिए । उनको मान्यता थियो कि रुसले जित्यो भने स्लाववादले प्रशय पाउनेछ त्यही भएर उनी जापानको विजयको कामना गर्थे । उनी भन्छन जुन दिन आर्जड्युक फ्राजफ्रडिनैण्डको हत्याको सूचना म्युनिख पुगेको थियो त्यो दिन म घरबाट बाहिर निस्किएन । युद्धका लागि अष्ट्रियन वियानाको प्रशासनलाई दोष दिनु अनुचित थियो किनकि युद्ध त अनिवार्य थियो । हिटलर लेख्छन्, ‘साँचो कुरा त यो छ कि सन् १९१४ को युद्ध मानिसहरूको अनिश्चितताको स्थितिलाई समाप्त पार्ने इच्छाको फल थियो ।’ उनको बुझाइमा प्रथम विश्वयुद्ध हुनु त्यतिबेलाको समय र सामाजिक परिस्थितिको आवश्यकता थियो । विश्वयुद्धको सुरुवाती चरणमा हिटलर आफू युद्धमा सहाभागी हुन पाउँदा उत्साहित भएको र आफूले सेनामा भर्ती भएको सात दिन मै आफूले एउटा सैन्य टुकडीको नेतृत्व गर्न पाउँदा निकै खुशी देखिन्थे । हिटलर प्रथम विश्वयुद्धमा सामेल भएका थिए ।
क्रूरताको कारक को बन्यो ?
विश्व इतिहासमा क्रूरता र तानाशाहको प्रतिकका अग्रपंक्तिमा पर्ने कुनै एक व्याक्तिको नाम भन्नुहोस् भनियो भने लगभग सबैले दिने एउटै जवाफ हो हिटलर । तर, हिटलर कसरी क्रूर भए भन्ने विषयमा भने खासै चर्चा गरिएको पाइँदैन । एक्काईसौं शताब्दीको सुरुवाततिर ओशोले हिटलर तानाशाह हुनुको पछाडि उनका माता पिता जिम्मेवार थिए भनेर भन्ने गर्थे । उनका माता, पिताले हिटलरलाई आफ्नो रुचिको काम गर्न नदिएकाले उनमा भएको सिर्जनशक्तिको विष्पोटले यो विध्वंस मच्चाएको हो भनेर भन्ने गर्थे तर यो कुरामा कुनै वास्तविकता छैन ।
हिटलरको बुझाइमा प्रथम विश्वयुद्ध हुनु त्यतिबेलाको समय र सामाजिक परिस्थितिको आवश्यकता थियो । विश्वयुद्धको सुरुवाती चरणमा हिटलर आफू युद्धमा सहाभागी हुन पाउँदा उत्साहित भएको र आफूले सेनामा भर्ती भएको सात दिन मै आफूले एउटा सैन्य टुकडिको नेतृत्व गर्न पाउँदा निकै खुशी थिए ।
हिटलरका बुबाआमा उनलाई सरकारी जागिर लागाउन चाहान्थे तर हिटलर आफैं सरकारी नोकरी लाग्न चाहेनन् र जब हिटलर १३ वर्षको भए तब उनका बुबाको मृत्यु भयो । त्यसपछि उनको फोक्सोको रोगको कारणले उनी सरकारी जागिरमा जान पाएनन् यसकारण यहाँ उनका बुबा र आमालाई उनको क्रूरताको दोष दिनु स्वभावतः गलत हुन्छ तर भन्ने गरिन्छ उनका बुबा अलोइस हिटलर पनि पहिलेदेखि कुनै कुनै ठाउँमा तानाशाह प्रवृत्तिका थिए तर हिटलरको तानाशाही व्यवहारको लागि भने उनका आमा बुवालाई जिम्मेवार बनाउनु मुर्खताभन्दा बाहेक केही पनि होइन । जहाँसम्म उनमा तानाशाह प्रवृत्ति जन्मिनुको पछाडि कारण उनका आमाबुबाको मृत्युु हो किनभने जब हिटलरका आमाबुबाको मृत्युु भयो त्यो बेला हिटलर सानै उमेरका थिए । त्यहीबेलामा उनी भिएना गए र त्यहाँ एक्लै बस्दा उनले चरम गरिबिको सामना गर्नुपर्यो र एकेडेमी अफ फाइन आर्टसमा समेत भर्ना हुन पाएनन् र त्यही समयमा उनमा यहुदीविरोधी विचार र जर्मन राष्ट्रवादका उग्रविचारहरू उत्पन्न भएका थिए । यसकारण उनी तानाशाह हुनुमा उनका आमाबुबाको कुनै जिम्मेवारी छैन अब जन्म दिनु नै गलत थियो भनिन्छ भने त्यो अलग कुरा तर जसरी ओशो उनिहरूमाथी त्यो जिम्मेवारी थुपार्छन त्यसमा कुनै पनि सत्यता छैन त्यो केवल मनोवैज्ञानिक एवं वैचारिक झुटमात्र हो ।
शाकाहार र जनावर प्रेम
कतिपयले हिटलरलाई शाकाहारी र जनावर प्रेमी बताउने गर्छन । तर, यो कुरामा कुनै सत्यता छैन यो उनका नजिकका र नाजी पार्टीका गोएबल्सले चलाएको प्रोपोगण्डामात्र हो । हिटलरका खाना बनाउने र नजिकका मानिसहरूका अनुसार उनलाई बाच्छाको मासु निकै मन पथ्र्यो रे सँगसँगै उनले सुंगुरको मासुसमेत सेवन गर्ने गर्थे । तर उनी शाकाहारी थिए भन्ने कुरा संसारमा यसरी फैलियो कि अहिले संसारले यसलाई सत्य मान्ने गर्छन । तर, यो बिषयमा अमेरिकन लेखक एवं शाकाहारी इतिहासकार रेन वेरिले आफ्नो पुस्तकमा व्यांग्यात्मक रूपमा भनेका छन्, ‘हो हिटलर शाकाहारी थिए तर उनको प्रिय भोजन बाच्छाको मासु थियो ।’ भनिन्छ उनी समुद्री कछुवाको मासुसमेत खाने गर्थे ।
त्यसै उनको नाजी पार्टी सत्तामा आएपछि जर्मनीमा जनावरसम्बन्धी धेरै कानुनहरू बने यसकारण पनि उनलाई जनावर प्रेमी भन्ने गर्छन् तर यी सबै कानुन यहुदिहरूको दमन गर्न बनाइएका थिए । यो बारेमा सन् २००३ मा अमेरिकन लेखक एवं मानव जनावर सम्बन्धका अध्ययनकर्ता बोरिया स्याक्सले आफ्नो पुस्तकमा राम्रोसँग व्याख्या गरेका छन् । त्यो पुस्तकमा नाजी जनावर अधिकार नीतिहरूको नीतिगत पाखण्डलाई स्याक्सले औंल्याएका छन् । जसमा जनावर संरक्षणका लागि केही नीति ल्याएर कसरी जनावरलाई आफ्नो प्रचार साधनको रूपमा प्रयोग गरे भन्ने कुराको व्याख्या गरेका छन् । यसकारण उनी शाकाहारी थिए भन्नु केबल फैलाइएको भ्रममात्र हो ।
हिटलरलाई त्यतिबेलाको सामाजिक परिवेश र राजनीतिले क्रूरताको शिखरमा पु¥यायो र क्रूरताको प्रतीक बनायो अब उनको पछाडि लागेको क्रूरताले इतिहासमा कहिल्यै पनि उनलाई छोडने छैन । चित्रकार बन्ने सपना बोकेको एक सामान्य व्याक्ति राजनैतिक दुष्चक्रका कारण इतिहासकै क्रूर र तानाशाह बन्यो । जसरी ओशोले उनी क्रूर हुनुको पछाडि उनका आमाबुबालाई जिम्मेवार बनाउछन त्यो सरासर गलत र मनोवैज्ञानिक एवं वैचारिक झुट फैलाउने माध्यममात्र हो । उनी कहिले शाकाहारी थिएनन् तर पनि उनलाई शाकाहारी बनाइयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच