लण्डन । लिभरपुलका पूर्वप्रशिक्षक जर्गेन क्लोपप्रति अपमानजनक टिप्पणी गरेको भिडियो सार्वजनिक भएपछि इङ्लिस प्रिमियर लिगका एक रेफ्रीलाई निलम्बन गरिएको छ । इङ्लिस रेफ्रीको नियमन गर्ने निकाय प्रोफेसनल गेम म्याच अफिसियल्स लिमिटेडले डेभिड कुटेलाई निलम्बन गरेको हो ।
सामाजिक सञ्जालमा भाइरल भएका दुई भिडियोमा उहाँले क्लोप र लिभरपुलबारे आफ्नो व्यक्तिगत धारणा व्यक्त गरेको देखिन्छ । त्यस्तै, जर्मन प्रशिक्षक घमण्डी रहेका कारण मन नपर्ने बताउनुभएको छ । लिभरपुलले उक्त भिडियोबारे कुनै प्रतिक्रिया दिएको छैन ।
क्लोपले गत सिजनको अन्त्यपछि क्लब छोड्नुभएको थियो । क्लोपले गत सिजन आर्सनलविरुद्धको खेलमा कुटे भिडियो रेफ्री हुँदा गल्ती गरेको आरोप लगाउनुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच