अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले बाँकी रहेका वडा अधिवेशन आगामी मङ्सिर १५ गतेभित्र सम्पन्न गरिसक्न निर्देशन दिएको छ ।
जिल्ला पार्टी अध्यक्ष पिताम्बर भुसालको अध्यक्षतामा बसेको बैठकले आगामी मङ्सिर १५ गतेभित्र बाँकी रहेका वडा अधिवेशन सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।
पिताम्बर भुसालको अध्यक्षता, केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्रकुमार क्षेत्रीको प्रमुख आतिथ्य, प्रदेश कमिटी सदस्यहरुको आतिथ्य बसेको पालिका कमिटीका संयोजनकर्ता र पालिका कमिटी अध्यक्षहरुको उपस्थितिमा सञ्चालित सचिवालयको बैठकले १५ मङ्सिर भित्र वडा अधिवेशन गर्ने लगायत महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकमा बोल्दै अध्यक्ष भुसालले एमालेको उद्देश्य र लक्ष्यलाई आत्मसाथ गर्दै पार्टीलाई बलियो बनाउन सबै एकजुट भएर लाग्न निर्देशन दिनुभएको थियो। उक्त कार्यक्रम सञ्चालन सचिव तेजबहादुर रायमाझी 'विधान' ले गर्नुभएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच