
काठमाडौं । ई-स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा अन्तर कलेज ई–स्पोर्ट्स च्याम्पियनसिप पुस २६ र २७ गते आयोजना हुनेभएको छ । संघको वार्षिक क्यालेण्डर अनुसार कलेजस्तरको प्रतियोगिता पुसको अन्तिम साता काठमाडौंको बसुन्धारास्थित साउथ वेष्टन कलेजमा हुनेभएको हो ।
प्रतियोगितामा पब्जी मोबाइल, एमएलबीबी, ईफुटबल र फ्रि-फायर गरी चार विधालाई समावेश गरिएको छ । करिब पाँच लाख पुरस्कार राशी रहने प्रतियोगितामा देशभरका कलेजका विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् ।
चार खेल विधाका विजेता टिम तथा खेलाडीलाई पाँच लाख रुपैयाँको पुरस्कार रकम बाँडिनेछ । ईशानको वेब साइटमा गएर खेलाडीले प्रतियोगिताका लागि नाम दर्ता गर्न सक्नेछन् । खेलाडी दर्ता मंसिर २ गतेदेखि सुरु हुनेछ र मंसिर ३० गतेसम्म चल्नेछ । छनोट खेल अनलाइनमार्फत र फाइनल खेल ल्यान इभेन्टको रूपमा पुस २६ र २७ गते सञ्चालन गरिने तालिका रहेको छ ।
प्रतियोगितामा देशभरका कलेजबाट सहभागिता जनाउने सकिने आयोजक संघका सचिव आशिष दाहालले जानकारी गराउनुभयो । सम्बन्धित कलेजको सिफारिश पत्रका आधारमा खेलाडीले प्रतियोगितामा नाम दर्ता गर्न सक्नेछन् । खेलाडीको सिफारिशसँगै सहभागी हुने सम्बन्धित कलेजले इशानको ई-स्पोर्ट्स क्लबमा आबद्धताका लागि पत्रसमेत दिनुपर्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच