मानिस आफ्नो कर्मले लक्ष्य निर्धारण गर्दछ । हरेक मान्छेका आ-आफ्ना सोचाइ, इच्छा र आकांक्षा रहेका हुन्छन् । त्यसैअनुसार उसले आफ्नो लक्ष्य निर्धारण गरेको हुन्छ । सानो छँदादेखि नै कला क्षेत्रमा आफूलाई समर्पित गर्दै आउनुभएका चितवन फूलबारीका जीवन शाहीको परिचय अहिले निर्देशक जीवन शाही भएको छ । चितवनमा बुबा पूर्णबहादुर शाही र माता सीता शाहीका कान्छा सुपुत्र जीवन शाही प्लस टु अध्ययनसँगै व्यावसायिकरूपमा नै यो क्षेत्रमा हेलिनुभएको हो । उहाँले किशन सुनुवारको म्युजिक भिडियो ‘प्रश्न गर्छु’बाट अभिनय क्षेत्रमा आधिकारिकरूपमा हाम फाल्नुभएको थियो । जसको निर्देशन शैलेन्द्र खोकालीले गर्नुभएको थियो । आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनयपछि जीवनको मन अभिनयभन्दा निर्देशनतर्फ मोडियो र आज उहाँ निर्देशक जीवन शाहीका रूपमा चर्चामा हुनुहुन्छ, खासगरी म्युजिक भिडियो निर्देशनमा । भारतको चण्डीगढमा रहेको सरस्वती आट्र्सबाट निर्देशन र अभिनयको अध्ययन गर्नुभएका जीवनले अञ्जु पन्तको ‘भुल भए माफ गरिदेऊ’ गीतको पहिलोपल्ट निर्देशन गर्नुभएको थियो । यतिबेला उहाँको निर्देशनमा सात सयभन्दा बढी गीत श्रोता/दर्शकमाझ आएका छन् । प्रमोद खरेलको ‘जुन मायालाई फूल सम्झेथेँ’, ‘सक्दिनँ म तिम्रो यादमा’, ‘मलाई माया गर’, रजिना रिमालको ‘मेरो मनको देउता’, अञ्जु पन्तको ‘तिमीबाहेक यो संसारमा’, ‘मेरो हातमा, आनन्द कार्कीको ‘गरेछु मिठो भुल’, शिव परियारको ‘हाम्रो साँचो पिरती’, आरबी पुनको ‘तिम्रो आँगनीमा’, राजकुमार तामाङको ‘गरिबीले बनायो परदेशी’ लगायत सयौं गीतका भिडियोमा उहाँले गरेको क्रिएशनबाट दर्शकको वाही वाही बटुल्न सफल हुनुभएको छ । जीवनले ठूलो पर्दाको चलचित्र पनि निर्देशन गर्नुभएको छ । उहाँको लेखन, निर्देशन र अभिनय रहेको चलचित्र ‘द रियल आर्टिष्ट’ थियो । कुनै पनि कथावस्तुलाई कलात्मकरूपमा प्रस्तुत गर्न सक्नु नै निर्देशन रहेको मान्यता राख्ने उहाँ सुरुका दिनहरूमा निकै गाह्रो भए पनि अहिले यो क्षेत्रमा आफूले एउटा पहिचान बनाइसकेको बताउनुहुन्छ । ‘पछि काम गर्दै जाँदा मेरो निर्देशन तथा काम गर्ने क्षमता देखेर म धेरैको रोजाइमा परेँ, जसले अहिलेको स्थानमा पु¥यायो,’ उहाँ भन्नुहुन्छ । आउँदा दिनहरूमा आजसम्मको अनुभवलाई प्रयोग गरेर अझ राम्रा कामहरू गर्ने सपना रहेको बताउनुहुने उहाँ दर्शक श्रोताहरू र बजारको मागलाई बुझेर राम्रो काम गर्ने रचनाकार, सर्जकहरू र चलचित्र तथा गीत, भिडियो मेकरहरूलाई यो क्षेत्र सुनौलो अवसर रहेको सुनाउनुहुन्छ । कुनै पनि कथावस्तुलाई कलात्मकरूपमा प्रस्तुत गर्न सक्नु नै निर्देशन रहेको बताउनुहुने निर्देशक जीवन शाहीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंश :-
कहिलेदेखि हुनुहुन्छ यो क्षेत्रमा ?
दुई दशकदेखि यो क्षेत्रमा संघर्ष गरिरहेको छु । यही कला क्षेत्रलाई पेशा बनाई दुई दशकदेखि सम्पादन तथा निर्देशनको काम गर्दै आएको छु । म २०६० सालदेखि यो क्षेत्रमा निरन्तर छु ।
कला क्षेत्रलाई नै मुख्य पेशा बनाई दुई दशकदेखि सम्पादन तथा निर्देशनको काम गर्दै आएको छु । म भारतमा हुँदा सम्पादन, निर्देशन र अभिनय सिकेको थिएँ । म पहिला सम्पादनको पनि काम गर्ने भएकाले एक दिन म्युजिक भिडियो निर्देशन गर्ने काम जु¥यो, मेरो पहिलो निर्देशन नै राम्रो भएको र जुन म्युजिक भिडियो टेलिभिजनहरूमा पनि प्रसारण भएको थियो, जति बेला सामाजिक सञ्जाल, युटुब थिएन । जसले गर्दा राम्रो निर्देशन गर्न सक्छु भन्ने आँट आयो र निर्देशनतिर लागेँ । अहिलेसम्म सात सयभन्दा बढी गीतका भिडियोमा निर्देशन गरेको छु । निर्देशक कुनै पनि प्रस्तुतिको टिम क्याप्टेन हो । कुनै पनि कथावस्तुलाई कलात्मकरूपमा प्रस्तुत गर्न सक्नु नै निर्देशन हो ।
यतिबेला के गर्दै हुनुहुन्छ ?
अहिले केही गीत तथा म्युजिक भिडियोहरूको तयारीका साथै एउटा चलचित्रको कथा लेखनमा व्यस्त छु ।
तपाईं त हिरो बन्न आउनुभएको होइन र ? फेरि निर्देशनमा कसरी आउनुभयो ?
हो तर बन्न सकिएन । हिरो बन्ने कोसिसमा छु अझै पनि । म भारतमा हुँदा सम्पादन, निर्देशन र अभिनय सिकेको थिएँ । म पहिला सम्पादनको पनि काम गर्ने भएकाले एक दिन म्युजिक भिडियो निर्देशन गर्ने काम जु¥यो, मेरो पहिलो निर्देशन नै राम्रो भएको र जुन म्युजिक भिडियो टेलिभिजनहरूमा पनि प्रसारण भएको थियो, जति बेला सामाजिक सञ्जाल, युटुब थिएन । जसले गर्दा राम्रो निर्देशन गर्न सक्छु भन्ने आँट आयो र निर्देशनतिर लागेँ ।
अहिलेसम्म कति गीतमा निर्देशन गर्नुभयो ?
गनेको चाहिँ छैन । सायद, लगभग ७०० जति गीतमा गरेँ होला ।
यहाँले ठूलो पर्दाको चलचित्र पनि निर्देशन गर्नुभएको छ होइन ?
हो एउटा चलचित्र निर्देशन गरेको छु । आजभन्दा १२ वर्ष पहिला कलाकार बन्ने सपना बोकेका युवाहरूको कथामा आधारित ‘द आर्टिष्ट’ नामक चलचित्रको निर्देशन गरेको थिएँ । यस चलचित्रको कथा म आफैंले लेखेको थिएँ । चलचित्र असफल भए पनि यो चलचित्रबाट धेरै कुराहरू सिक्न पाएँ । भनिन्छ नि असफलताले पनि धेरै कुराहरू सिकाउँछ ।
निर्देशन के हो ?
निर्देशक कुनै पनि प्रस्तुतिको टिम क्याप्टेन हो । कुनै पनि कथावस्तुलाई कलात्मकरूपमा प्रस्तुत गर्न सक्नु नै निर्देशन हो ।
अहिले म्युजिक भिडियोको बजार कस्तो छ ?
धेरैजसो रहरले आउनेहरूले गर्दा अहिले म्युजिक भिडियोको बजार धरासायी नै छ । तर, सोचविचार गरेर व्यावसायिकरूपले दर्शक, श्रोताहरू र बजारको मागअनुसार म्युजिक भिडियोमा लगानी गर्नेहरूलाई राम्रो छ । जसका उदाहरणहरू धेरै छन् ।
यो क्षेत्रमा आउँदाका दिनलाई कसरी सम्झनुहुन्छ ?
सुरुवाती दिनहरूमा धेरै संघर्ष गरियो, कला बजार राम्रोसँग बुझ्ने मौका पाइयो, आउँदा दिनहरूमा आजसम्मको अनुभवलाई प्रयोग गरेर केही राम्रा कामहरू गर्ने सपना छ । आउँदा दिनहरूमा दर्शक श्रोताहरू र बजारको मागलाई बुझेर राम्रो काम गर्ने रचनाकार, सर्जकहरू र चलचित्र तथा गीत, भिडियो मेकरहरूलाई यो क्षेत्र सुनौलो छ ।
जीवन शाही को हो ?
जीवन शाही कला क्षेत्रमा केही राम्रो काम गर्ने सोच लिएर ऊर्जाले भरिएको एक युवा हो । जो दिनरात कला क्षेत्र र कला क्षेत्रमा कसरी राम्रो काम गर्न सकिन्छ भनेर सोचिरहन्छ ।
तपाईंको रुचि ?
मेरो रुचि चलचित्रको कथा लेखन र भविष्यमा नेपाली माटो र नेपाली समाजमा भएका यथार्थहरूलाई समाज परिवर्तनको उद्देश्यले कलामार्फत् चलचित्रमा उतार्ने चाहना वा उद्देश्य छ ।
अन्त्यमा ?
नेपाली कला तथा नेपाली कला जगत्मा सुनौलो भविष्य खोज्ने हरेक युवाहरूप्रति सरकार तथा चलचित्र विकास बोर्डको ध्यान जाओस् । कसैको कला, सिर्जनामाथि रोक नलगाइयोस् र नेपाली कला विश्व बजारमा बिक्ने एउटा राम्रो वातावरण बनोस्, यही भन्न चाहन्छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच