काठमाडौं । आज (शुक्रबार)देखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् शंकर घिमिरे निर्देशित चलचित्र ‘तेल भिसा’ र घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’ ।
विपिन कार्की र वर्षा राउत अभिनित चलत्रिच ‘तेल भिसा’लाई मल्टिप्लेक्स हलहरूले उत्साहजनक शो दिएका छन् । देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले पहिलो दिनका लागि काठमाडौंभित्रका आउटलेटमा २५ र बाहिर २४ गरी ४९ शो दिएको छ । शोमा केही घटबढ भने हुनसक्ने जनाइएको छ । यो चलचित्रले आइएनआईमा नौ, वान सिनेमाजमा सात, बिग मुभिजमा चार शो पाएको छ । अन्य हलले पनि बुकिङ खुलाएका छन् ।
आज (शुक्रबार)देखि देशभरका सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् शंकर घिमिरे निर्देशित चलचित्र ‘तेल भिसा’ र घनश्याम लामिछाने निर्देशित ‘अग्निदहन’ । त्यस्तै आजदेखि नेपाली सिनेमाघरमा हलिउड चलचित्र ‘ग्लेडिएटर’ पनि आउँदैछ । तिहारको छेको पारेर सिनेमाघरमा आएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ बिहीबारदेखि चौथो सातामा प्रदर्शनमा रहेको छ भने अघिल्लो शुक्रबार सिनेमाघरमा आएको चलचित्र ‘ह्रस्व-दीर्घ’ ले पनि सुखद् कमाइ गर्दै दास्रो सातामा प्रवेश गरेको छ ।
यस्तै ‘अग्निदहन’ले भने सीमित शो पाएको छ । क्युएफएक्सले यो चलचित्रलाई काठमाडौंभित्र चार शो दिएको छ । आइएनआईमा तीन, वान सिनेमाजमा दुई र बिग मुभिजमा एक शो दिइएको छ । सामाजिक–पारिवारिक कथामा बनेको चलचित्र ‘तेल भिसा’ अभिनेत्री ऋचा घिमिरेको प्रस्तुतिमा निर्माण भएको हो ।
यो चलचित्रमा विपिन, वर्षा र ऋचासहित पूजा चन्द, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ । यसमा विपिन बृद्ध र जवान गरी दुइटा फरक चरित्र (डबल रोल)मा हुनुहुन्छ । यो चलचित्रको निर्मातामा अनिल पाण्डे र शिवराज कार्की हुनुहुन्छ । आफ्नो छोराको सन्तान हुनलागेपछि नेपालबाट अमेरिका पुगेकी आमाले भोग्नुपरेको कानुनी झमेलाको कथामा चलचित्र ‘तेल भिसा’ बनेको ट्रेलरले प्रष्ट पारिसकेको छ । चलचित्रमा समावेश ‘कति रमाइलो’ गीत यतिबेला चर्चामा छ ।
यस्तै, ‘अग्निदहन’ सामाजिक ड्रामा हो । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित रहेर चलचित्र तयार पारिएको हो । यसमा प्रकाश घिमिरे, माओत्से गुरुङ, कोविदशरण उपाध्याय, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसी क्षेत्री, ताराबहादुर गुरुङलगायतको अभिनय छ ।
यस चलचित्रको प्रस्तुतकर्ता कोविदशरण उपाध्याय हुनुहुन्छ । यो चलचित्रको बुधबार काठमाडौंमा प्रिमियर शो गरिएको थियो । प्रिमियरमा चलचित्र हेरेपछि अधिकांश चलचत्रकर्मीले कथावस्तु मनपरेको प्रतिक्रिया दिएका थिए । यो चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।
त्यस्तै आजदेखि नेपाली सिनेमाघरमा हलिउड चलचित्र ‘ग्लेडिएटर’ पनि आउँदै छ । यो चलचित्रको अग्रिम बुकिङ खुल्ला गरिएको थियो । तिहारको छेको पारेर सिनेमाघरमा आएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’को व्यापार अझै पनि राम्रो छ । यो चलचित्र बिहीबारदेखि चौथो सातामा प्रदर्शनमा रहेको छ भने अघिल्लो शुक्रबार सिनेमाघरमा आएको चलचित्र ‘ह्रस्व-दीर्घ’ले पनि सुखद् कमाइ गर्दै दास्रो सातामा प्रवेश गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच