संसारका कुनै पनि प्रजातान्त्रिक मुलुकमा जनतालाई सर्वोपरी मानिएको छ । जनताको सहायता र जनताका माध्यमबाट शासन व्यवस्था गतिलो तरिकाले चल्ने गरेको तथ्यलाई गणतन्त्रको शासकीय पद्धतिले बताएको पनि छ । शासन सञ्चालनमा आउने बाधालाई चिर्न गणतन्त्रका शासकहरू सफल हुनु अनिवार्य मानिएको छ । गणतन्त्र अधिनायक वा तानाशाही प्रवृत्तिबाट शासन चलाउने पद्धति पनि होइन । यो व्यवस्था त जनताको स्वाभिमान र जनतालाई उच्च ओहोदामा राखेर शासन चलाउने पद्धति हो । यसमा सबैभन्दा महत्वपूर्ण व्यवस्थापकीय जिम्मेवारी जनतामा निहित रहेको हुन्छ । गणतन्त्र त जिम्मेवार जनताको हक हितलाई ध्यानमा राखेर शासन चलाउने व्यवस्थापकीय मान्यतामा आधारित पद्धति हो । जनतामा रहेको स्वाभिमानलाई गतिशील तुल्याउने शासकीय पद्धति हा । गणतान्त्रिक मुलुकको शासकीय पद्धति जनताबाट चुनिएका प्रतिनिधिका हातमा रहने हुनाले नै गणतन्त्रका खम्बा जनतालाई मानिएको हो ।
महाभारतमा गणतान्त्रिक व्यवस्थाको पहिचान बनेर देखिएको हस्तिनापुरका तात्कालिक शासक युधिष्ठिर यही शासन व्यवस्थाको पक्षमा देखिएका थिए । उनले गणतन्त्रमा सबैभन्दा बढी जनताको व्यवस्थापन रहेकाले कस्ता मानिस गणतन्त्रका सहयोगी हुन सक्छन् भनेर आफ्ना पितामहलाई सोधेका थिए । गणतन्त्र कुनै पनि देशको पहिचान हो । उक्त देशको व्यवस्थापकीय पक्ष पनि हो । गणतन्त्रको सबलता नै देशको पहिचान हुने हुनाले यसको व्यवस्थापनमा शासक कहिले पनि चुक्नु हुँदैन । शासक चुकेमा गणतन्त्रको पहिचान समाप्त हुने कुरालाई कसैले पनि नकार्न सक्दैन ।
अभिभावक प्रमुख
हाम्रो सनातन परम्परामा आफूभन्दा जेठोलाई सम्मान गर्ने विधि छ । यही विधिका माध्यमबाट पारिवारिक विघटनको अवस्था कमजोर हुने गरेको तथ्यलाई नकार्न सकिँदैन । परिवारमा जेठो सदस्य नै परिवारको मूली हुने गर्दछ । जेठो सदस्यका मातहतमा नै अन्य सदस्यले आ-आफ्नो जिम्मेवारी निर्वाह गरेका हुन्छन् । जेठो सदस्य परिवारको मूलपुरुष मानिने हुनाले नै उसमाथि परिवारको सम्पूर्ण जिम्मेवार आइपरेको हुन्छ । उसले गरेका निर्णय परिवारका सदस्यले मान्नुपर्ने हुन्छ । यही हो पारिवारिक गणतन्त्र पनि ।
गणतन्त्रमा विज्ञको पहिचान र विद्वान्को कदर अनिवार्य मानिन्छ । उनीहरूको विज्ञतालाई गणतन्त्रका सारथीले गतिलो तरिकाले बाहिर ल्याउन र जनतासामु लैजान सके भने गाणतन्त्र मुलुकले अनिवार्य रूपमा काँचुली फेर्ने तथ्यलाई नकार्न सकिँदैन । गणतन्त्रको सबैभन्दा बलियो मियो विज्ञ र विद्वान् मानिएका छन् ।
पारिवारिक गणतन्त्रको विकसित रूप शासनमा देखिने गणतन्त्र हो । यदि परिवारका वरिष्ट सदस्यले निभाएको जिम्मेवारीमा प्रश्नचिहृन उठ्यो भने परिवार विघटन हुने तर्कलाई कसैले पनि नकार्न सक्दैन । गणतन्त्रको शासकीय पद्धति पनि यही हो । एक अर्का राज्यका बीचमा वैमनस्य देखियो भने त्यो राज्यमात्र होइन । वैमनस्य गणतन्त्रमाथि नै खतराको घण्टी हो भन्ने सन्दर्भलाई महाभारतले उठाएको पाइन्छ । युधिष्ठिरलाई पितामह भीष्मले गणतन्त्रको स्थिरता र गणतन्त्रको विकासका लागि गतिलो उत्तर दिएका थिए । उनले भनेका छन् :
क्रोधो भेदो भयं दण्डः कर्षणं निग्हो बध
नयत्यरिवशं सद्यो गणान् भरतसत्तम ।।
संघका जनतामा क्रोध, भेद (फुट) डर, दण्डप्रहार, बन्धनमा राख्ने प्रवृत्ति तथा मार्ने प्रवृत्ति उपस्थित भयो भने ती तत्काल शत्रुका वशमा परेका हुन्छन् । गणतन्त्रको सबैभन्दा बलवान् देशको शासकीय पद्धति हो । यो पद्धतिमा आफ्नो दुनो सोझो गराउने अवस्था आउन दिनुहुँदैन । शासकीय व्यवस्थामा जनताका जनजीविकाका सवालमा राज्य सचेत हुनु अनिवार्य मानिएको छ । यदि त्यो अवस्था आएन भने गणतन्त्रको व्यवस्थापकीय पक्ष नै अति कमजोर हुने तर्कलाई नकार्न सकिँदैन । गणतान्त्रिक व्यवस्थामा जान्नेलाई सम्मान अनिवार्य मानिएको हुन्छ । गणतन्त्रको सम्मानित व्यक्ति विद्वान् तथा विज्ञ हुन् । उनीहरूको सम्मान भएन भने गणतन्त्र कमजोर हुने तर्कलाई भीष्मले बताएका छन् ।
तस्मान्मानयितव्यास्ते गणमुख्याः प्रधानतः
लोकयात्रा समायात्ता भूयसी तेषु पार्थिव ।।
हे युधिष्ठिर ! गणराज्यका जो प्रधान प्रधान अधिकारी छन् तिनलाई तिमीले सम्मान गर्नु अनिवार्य हुन्छ । लोकयात्राको अनेक भार ती विद्वान् र विज्ञमा नै रहेको हुन्छ । उनीहरूको विज्ञताले नै लोकयात्रालाई सहज र जनताको योग्य बनाएको हुन्छ । गणतन्त्रमा विज्ञको पहिचान र विद्वान्को कदर अनिवार्य मानिन्छ । उनीहरूको विज्ञतालाई गणतन्त्रका सारथीले गतिलो तरिकाले बाहिर ल्याउन र जनतासामु लैजान सके भने गाणतन्त्र मुलुकले अनिवार्य रूपमा काँचुली फेर्ने तथ्यलाई नकार्न सकिँदैन । गणतन्त्रको सबैभन्दा बलियो मियो विज्ञ र विद्वान् मानिएका छन् । उनीहरूको कदर गणतन्त्रमा भएन भने विकास हुन नसक्ने तथ्यलाई भीष्मले पनि बताएका छन् । गणतन्त्रको मूल पहिचान राज्यका बीचमा देखिने एकता हो । यदि गणतन्त्रका विभिन्न राज्यमा एकता देखिएन भने गणराज्यका बीचमा नै वैमनस्य देखिने तथ्यलाई उल्लेख गर्दै भीष्म भन्छन् :
आभ्यान्तरं भयं रक्ष्यमसारं बाहृयतो भयम्
आभ्यन्तरं भयं राजन् सद्यो मूलानि कृन्तति ।
जनतामा देखिने डरलाई समाप्त पार्नका लागि आपसमा रहेको वैमनस्यलाई समाप्त पार्नु अनिवार्य मानिन्छ । यदि संघमा एकता भयो भने बाहिरको डर राज्यमा आउँदैन । संघमा आबद्ध भएका राज्यभित्रको डर जीवन्त बनेर देखियो भने तत्काल गणतन्त्रको जरो नै कमजोर बनेर देखिएको हुन्छ । गणतन्त्रको सबैभन्दा बलियो मियो भनेको संघका राज्यमा देखिने एकता नै हो । यही एकताले गणतन्त्रलाई जीवन्त बनाएर बाहिर ल्याएका हुन्छन् । गणतन्त्रको बलियो पक्ष संघमा आबद्ध भएका राज्यहरूबीचको एकता हो । यही एकताले गणतन्त्रलाई बलियो बनाएको हुन्छ । गणतन्त्रको बलियोपन एकता हो भन्ने तथ्यलाई बाहिर ल्याएको देखिन्छ महाभारतले पनि । गणतन्त्र कानुनी राज्यका रूपमा रहेको हुन्छ । कानुन र गणराज्यका बीचको एकताले नै गणतन्त्रलाई बलियो बनाएर राखेको हुन्छ ।
जात्या च सदृशाः सर्वे कुलेन सदृशास्तथा
न चोद्योगेन बुद्धया वा रूपद्रव्येण वा पुनः ।
भेदाच्चैव प्रदानाच्च भिद्यन्ते रिपुभिर्गणाः
तस्मात् संघातमेवाहुर्गणानां शरणं महत् ।
जाति, कुलमा सबै समान् हुन सक्छन् । उद्योग, बुद्धि, रूप र सम्पत्तिमा सबै समान् हुन सम्भव पनि छैन । शत्रु गणराज्यका जनतामा भेद (फुट) गराएर आफ्नो दुनो सोझाउने ताकमा बसेका हुन्छन् । त्यसैले गणतान्त्रिक देशमा संघमा आबद्ध भएका राज्य जनतामा एकता हुनु अनिवार्य मानिन्छ । गणतन्त्रको मूल मन्त्र जनताको एकता हो । एकता भएन भने गणतन्त्रको व्यवस्थापकीय पक्ष कमजोर हुने तर्कलाई भीष्मले युधिष्ठिरका सामु राखेको देखियो ।
गणतन्त्रमा सबैभन्दा बलिया जनता हुन् । जनता सम्पन्न भए भनेमात्र गणतन्त्र बलियो हुने कुरालाई भीष्मले राखेको देखिन्छ । उनको धारणामा जनता नै गणतन्त्रका बलिया पिलर हुन् । यदि गणतन्त्रमा जनता कमजोर भए भने गणतन्त्रको जग कमजोर हुने तर्कलाई उनले बाहिर ल्याएका छन् । विज्ञ र विद्वान्को सम्मान । उनीहरूलाई योग्य स्थान दिनु र उनीहरूभित्र रहेको विज्ञताको उपयोग गर्नु गणतन्त्रको उत्तम व्यवस्थापकीय मान्यता मानिएको देखिन्छ । यही गणतन्त्रको जग बलियो बनाउन हामी अहिलेसम्म पनि सफल हुन सकिरहेका छैनौं ।
हामी चुक्यौ कि ?
नेपालमा गणतन्त्र आएको पनि केही वर्ष भयो । जनताका आकांक्षा र उनीहरूका चाहना दिनदिनै बढिरहेका छन् । जनताको शासन व्यवस्थामा हामीलाई र हाम्रा मागलाई सम्बोधन गर्नुपर्ने माग जनताका आजसम्म पनि विद्यमान् रहेका छन् । गणतन्त्रले हामी र हाम्रा मनोकांक्षालाई पूरा गरिदिन्छ भन्ने जनताको विश्वासमा नेपालको राजनीतिले प्रभाव जमाउन सकेको देखिएन । गणतन्त्रलाई कमजोर बनाउने र गणतन्त्रको विकासमा सबैभन्दा गतिलो मान्यता कमजोर बनेर देखिएको पाइन्छ । गणतन्त्रपछि नेपालका प्रदेश र संघीय राज्य कमजोर बनेर देखिएका छन् । संघको सत्ताले प्रदेशको सत्तालाई पनि परिवर्तन बनाउने यो रणनीतिले नेपालको गणतन्त्र कमजोर बनेको छ ।
गणतन्त्र आफैंमा सबल शासकीय पद्दति हो । यो पद्धतिमा जनताका भावनाहरू गाँसिएर आएका हुन्छन् । जनताका भावनासित खेलबाड गर्ने अधिकार गणतन्त्रका शासकमा पनि छैन । उनीहरू त जनताका प्रतिनिधि हुन् । उनीहरू जनताका मागलाई सम्बोधन गर्नेगरी जनताबाट चुनिएर आएका प्रतिनिधिमात्र हुन् । उनीहरूको काम जनतासित गरेका वाचालाई पूर्ण गर्नु पनि हो । जनतासित गरिएका बाचालाई पूरा गर्न नसक्ने प्रतिनिधिलाई जनताले आउँदो निर्वाचनमा स्वाद चखाउने छन् ।
यसमा जनतालाई गुमराहमा राखेर राजनीति गतिशील भयो भने जनता नै शासकीय सत्ताविरुद्ध उत्रने तथ्यलाई नकार्न सकिँदैन । जनताका माग सम्बोधन गर्ने, नेपाली जनतालाई विदेशी गल्लीमा फिरन्ते जीवन बिताउन नदिने, शिक्षा र स्वास्थ्यमा जनताको समान पहुँच दिने, आर्थिक दृष्टिले देशलाई समुन्नत बनाउने चाहमात्र राखेका छन् नेपाली जनताले ।
आजको नेपाल विकासोन्मुख देश हो । आर्थिक रूपमा तंग्रँदै गरेको देशलाई विकासका माधयमबाट माथि उटठाउनु जनप्रतिनिधिको दायित्व पनि हो तर त्यसो हुन सकेन । गणतन्त्रविरुद्धका आवाजले नेपालको राजनीतिलाई धेरै प्रभाव पारेको पनि देखिन्छ । यदाकदा जनताबाट यो व्यवस्थाले नेपालको विकास हुन नसक्ने वातावरण सिर्जना गरिन थालेको पाइन्छ । यो व्यवस्थाका सञ्चालक कमजोर, पुरानै ढर्रामा चल्ने खालका छन् भन्ने आवाज पनि सुनिन थालेका छन् । सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति पनि बढिरहेको छ । यस्तो अवस्थाको गणतन्त्रलाई विकासका माध्यमबाट नै गतिशील बनाउनु अनिवार्य मानिन्छ ।
नेपाली जनताले आफूलाई सार्वभौमसत्ता सम्पन्न मानेका छन् । राजनीतिक दल वा ठूला पार्टीका विरुद्ध हुने क्रियाकलापले पार्टीको अवस्था कमजोर बनेको छ । राजनीतिक दलमा हुनुपर्ने इमानदारीता देखिएको छैन । संघ प्रदेशका मन्त्रीले धक फुकाएर काम गर्न सकिरहेका छैनन् । स्थानीय सरकार भने कतै कतै गतिशील बनेर जनताका मागहरूलाई सम्बोधन गरेको देखिन्छ । नेपाली समाज विविधतामुखी छ । यो समाजमा देखिएको विविधतामा पनि एकताले जीवन्त रूप पाएको छ एकतामा आबद्ध भएर । जनताका भावनासित जोडिनु राजनीतिककर्मीको मूल मान्यता पनि हो । राजनीति झुठको खेती होइन । राजनीति त प्रत्यक्ष जनतासित सरोकार राख्ने विषय हो । जनताको प्रत्यक्ष सम्बद्धता भएको विषय पनि हो ।
यसमा जनतालाई गुमराहमा राखेर राजनीति गतिशील भयो भने जनता नै शासकीय सत्ताविरुद्ध उत्रने तथ्यलाई नकार्न सकिँदैन । जनताका माग सम्बोधन गर्ने, नेपाली जनतालाई विदेशी गल्लीमा फिरन्ते जीवन बिताउन नदिने, शिक्षा र स्वास्थ्यमा जनताको समान पहुँच दिने, आर्थिक दृष्टिले देशलाई समुन्नत बनाउने चाहमात्र राखेका छन् नेपाली जनताले । नेपाली जनता भ्रष्टाचार चाहँदैनन् । नातावादबाट गाँजिएको राजनीतिलाई विज्ञताका आधारमा ल्याउन आग्रह गरेका छन् । वृद्ध पुस्ताले राजनीतिबाट बिदा लिएर युवापुस्तामा देशको राजनीति दिन आग्रह गरेका छन् । स्देशमा नै आफूले अध्ययन गर्न चाहेको विषय सहज तरिकाले अध्ययन गर्न पाइयोस् भन्ने चाहेका छन् । समाजको विकासमा गतिशील हुन आग्रह गरेका छन् ।
समाजमा विद्यमान् कूरीति र कुसंस्कारको अन्त्य चाहेका छन् । स्थानीय, प्रदेश र संघीय सरकारका बीचमा तालमेल चाहेका छन् । गणतन्त्रविरुद्ध उठ्ने आवाजलाई थुनेर होइन काम गरेर निस्तेज पार्न चाहेका छन् । यदि यी कामलाई नेपालको गणतन्त्रका सारथीले सम्पन्न गरिदिएमा हस्तिनापुरको शासकीय पद्धति नआउला भन्न सकिँदैन । गणतन्त्रका सहयात्री मिलेर देशलाई गतिशील तुल्याउनु नै आजको राजनीतिको मूल मर्म हो ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच