
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पूर्वप्रधानमन्त्रीहरुसँग आसन्न चीन भ्रमणबारे छलफल गर्दै हुनुहुन्छ । पूर्वप्रधानमन्त्रीहरुसँगै पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयकना उच्च अधिकारीहरुसँग छलफल गर्नुहुने भएको हो ।
भ्रमणका एजेण्डा, नेपालले चीनसँग उठाउनुपर्ने विषयवस्तु लगायतमा पूर्वप्रधानमन्त्रीहरुसँग राय माग्ने बताइएको छ । प्रधानमन्त्री ओलीले यही मङ्सिर १७ गतेदेखि चीनको औपचारिक भ्रमण हुनुहुन्छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लि छ्याङ लगायतसँग भेटवार्ता गर्नुहुने छ । प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री आरजु राणा देउवा मङ्सिर १३ गते नै चीन जाने तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच