
काठमाडौं । त्रिमूर्ति निकेतनले रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहँदै शास्त्रीय छन्दकविताको रचना एवं छन्दकाव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान गर्नुहुने सुवेदीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको निकेतनले जनाएको छ ।
यसैगरी, नाट्यसम्राट बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्वपूर्ण दस्तावेज प्रस्तुत गर्नका अतिरिक्त नेपाली भाषासाहित्यको सेवामा मन, वचन र कर्मले समर्पित भई विशिष्ट योगदान गरेबापत प्राडा.सावित्री कक्षपतिलाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिने भएको बताइएको छ ।
त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि छ दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवद्र्धनमा विशिष्ट योगदानका निम्ति प्राडा.बेञ्जु शर्मालाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने निर्णय भएको जानकारी गराउनुभयो ।
ताम्रपत्रका साथै यी तीनै पुरस्कारका राशि जनही एक लाख रुपैयाँका छन् । त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा सोमबार बसेको त्रिमूर्ति निकेतनको बैठकले सो निर्णय गरेको जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच