काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको तयारीसँगै सेयर बजारमा सुधार देखिएको छ । सोमबार सेयर बजार १५ अंकभन्दा बढीले बढेको भने छ अर्ब ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन आइतबार भने साढे सात अर्बभन्दा बढीको कारोबार भएको थियो । कारोबारको पहिलो दिन घटेको सेयर बजार सोमबार भने १५.८३ अंकले बढेर २६८३.२४ अंकमा पुगेको हो । अघिल्लो दिन १३ अंकले घटेको थियो ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार सोमबार तीन सय नौ कम्पनीका एक करोड २२ लाख ६३ हजार सात सय ८० कित्ता सेयर ६५ हजार आठ सय २४ पटक किनबेच भई छ अर्ब ३४ करोड ५८ लाख नौ हजार पाँच सय ९७ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन समूह ०.२३ र म्युचुअल फण्ड ०.३२ प्रतिशतले घटेका छन् भने अरू सबै समूह बढेका छन् ।
सबैभन्दा धेरै वित्त समूह २.२७, बैंकिङ ०.११, विकास बैंक १.२१, होटल तथा पर्यटन १.२४, जलविद्युत् ०.४४ र लगानी समूह १.०५ प्रतिशतले बढेका छन् । त्यस्तै जीवन बिमा ०.२३, लघुवित्त ०.१९, निर्जीवन बिमा १.२७, व्यापार ०.०९ र अन्य समूह १.६८ प्रतिशतले बढेका छन् । बेस्ट फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९१ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावरको ५४ करोड सात लाख ५० हजार छ सय ७८ बराबरका १० लाख ७७ हजार छ सय ८५ कित्ता सेयर खरिदबिक्री भएका नेप्सेले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच