
किएभ । रुसले युक्रेनमा रातारात १८८ वटा ड्रोन प्रक्षेपण गरेको युक्रेनी सेनाले मङ्गलबार जनाएको छ। ड्रोन हमलाले युक्रेनी भवनहरू तथा “महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुगेको सेनाले जनाएको छ ।
पछिल्लो समयमा मस्को र किभले ड्रोन र मिसाइल प्रक्षेपण विस्तार गर्दै आएका छन्, युक्रेनले भर्खरै रुसमा अमेरिकी लामो दूरीका मिसाइलहरू प्रहार गरेको छ भने क्रेमलिनले प्रयोगात्मक हाइपरसोनिक मिसाइलले यसको जवाफ दिएको छ ।
सेनाले रुसले मानव रहित अज्ञात ड्रोनहरू प्रहार गरेको जनाउँदै ड्रोनहरू इरानी डिजाइनका रहेको उल्लेख गरेको छ ।
सेनाले १७ स्थानमा ७६ वटा रुसी ड्रोन खसालेको तथा अन्य ९५ वटा इलेकट्रोनिक रक्षात्मक प्रणालीद्वारा ड्रोन खसालिएको जनाएको छ ।
युक्रेनको राजधानी किएभ सहरका अधिकारीहरूलाई उदृत गर्दै हवाई सतर्कता पाँच घण्टा चलेको र त्यहाँ दश वटा रुसी ड्रोनहरू खसालिएको एएफपीले जनाएको छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच