✍️ सुरेशकुमार भट्ट
एउटा अलल्य धनी मानिस शहरमा बस्थ्यो । उसका घरहरू भाडामा लगाइएका थिए । भाडाको पैसा मनग्गे आउने भएकाले उसकी श्रीमती, ऊ र एउटा छोरो पैसाकै ओड्ने, डसना, सिरानी गरेर बसेका थिए । बालिष्टमा आड लाएर बस्ने तकिया धरी पैसाकै थियो । तीनजना जहान तीनतिर को कताकता जान्थे के गर्थे एक आपसमा पनि थाहा हँुदैनथ्यो । सबै आ-आफ्नै मर्जीमा चलेका थिए । वर्षौंदेखि यत्तिकै त्यो घरको कारोबार मुन्सीको भरमा सारा घरको हिसाबकिताब खर्चबर्च चलिरहेको थियो । धनको हर्ज कोही कसैलाई थिएन । भान्साको बन्दोबस्त त्यसरी नै चलिरहेको थियो ।
बसेकै ठाउँमा खानेकुरा ल्याइदिन्थे । नोकरचाकर स्याहारसुसार शानदारले चलिरहेको थियो । आजभोलि गर्दै दिन घर्किँदै जाँदा छोरो तन्नेरी हुँदै आयो । केटीहरूतिर आँखा लाउन थाल्यो । एक्लो धनी छोरो खाइलाग्दो कुखुरे बैंसका केटीदेखि आधा अर्धबैंशका सम्मको मनमा खेल्ने हुँदै गएको थियो । जुन ऊ आफैँलाई म कस्तो र के भएको छु भन्ने चाहिँ थाहै थिएन । तैपनि मानवीय आंगिक विकासले बालकिशोर हुँदै युवा वयमा प्रवेश गर्दैगर्दा कुनै पनि युवा युवतीमा टड्कारो देखिन्छ रेखी बसेको ओठमाथिको जुँगाले र छातीमाथिका थुम्काले उनीहरू दुवैलाई स्वयंमा असजिलो लाग्ने खसखस लाग्ने र लाज लाग्ने हुनाले एकातिर मनमनै तरंगित हुन्छन् भने अर्कोतर्फ विपरीत लिंगीतिर आकर्षित हुने पनि गर्छन् । त्यसैले लुकी लुकी हेर्ने र लज्जाबोध हुने तर संवेग पनि उत्पन्न हुने गर्दछ ।
भित्रभित्र हुँदै गरेको यौनांगको विकास र परिवर्तनले मष्तिष्कमा घच्चा दिँदा मन मथिंगल चञ्चल बिहृवल हुन जाँदा आवेग उत्पन्न भई रिसाउने झर्किने पनि गर्दछन् मानव जातिमा युवा युवती । यस्तो यथार्थ हाम्रो लोकमा समाजमा मात्र होइन हर मानवीय आत्मामा हुन्छ ।
भित्रभित्र हुँदै गरेको यौनांगको विकास र परिवर्तनले मष्तिष्कमा घच्चा दिँदा मन मथिंगल चञ्चल बिहृवल हुन जाँदा आवेग उत्पन्न भई रिसाउने झर्किने पनि गर्दछन् मानव जातिमा युवा युवती । यस्तो यथार्थ हाम्रो लोकमा समाजमा मात्र होइन हर मानवीय आत्मामा त हुन्छ नै यसको अतिरिक्त प्राणी जगतमै आआफ्नै पारा र प्रकृति अनि प्रवृत्तिमा देख्न सकिन्छ यौवनको संवेग । यसैगरी साहुजीका छोरामा पनि युवती हेर्ने बैंसको रोगले केटी खोज्ने र रोज्ने सोचले चञ्चलता पैदा गर्यो । आफ्नो घरका तलातलाका कोठाकोठाका केटीहरूमा लोभी नजर लाउँदै गयो । पहिलो दोस्रो र तेस्रो तलाका केही केटीहरू मन परेकाले एकदिन आफ्ना बाबुसँग नजिकै गएर लाज पचाएरै भन्यो ।
‘बा म त्यो तल्लो तलामा बस्ने केटीसँग विवाह गर्छु ।’ बाबुले ‘अहो बाबु हुन्न त्यो त तिम्रो दिदी हो’ भन्यो । दुईचार दिनपछि फेरि बाको नजिकमा गएर सुटुक्क भन्यो, ‘बा म दोस्रो तलामा बस्ने केटीसँग विवाह गर्छु ।’ ‘ए हे त्यो पनि हुन्न बाबु त्यो तेरी बहिनी हो’ बाबुले भन्यो । फेरि एक हप्तापछि भन्यो–‘बा म त्यो तेस्रो तलामा बस्नेसँग विवाह गर्छु हुन्छ कि हुन्न बा ल भन्नुस् ।’ त्यसपछि बुढाले आँखाबाट बरर अाँसु झार्दै गोजीबाट रुमाल झिकेर आँसु पुछ्दै भने, ‘बाबु त्यो पनि तेरो बहिनी हो । उसकी आमा मरेकीले तेरी आमाले दूध खुवाएर धर्मपुत्रीसमेत बनाएकी हो ।’ केटो ज्यादै चिन्तित हुँदै र जमिनमा गोडा बजारेर आक्रोश पोख्दै गयो ।
अनि उसकी आमाको छेउमा गएर भन्यो, ‘आमा मैले मन परेका केटीहरूसँग विवाह गर्छु भनेर बासँग तल्लो तलाकी केटी देखाएँ हुन्न बाबु त्यो तेरी दिदी हो भने । फेरि दोस्रो तलाकी केटीसँग गर्छु भनेँ त्यो पनि तेरी बहिनी हो भने । अनि तेस्रो तलाकी केटीसँग गर्छु भनेँ त्यो पनि तेरी बहिनी हो भनेर आँसु पुछे । ल भन्नु अब म के गरौँ ?’
‘हेर बाबु ¤ विवाह र नातामा नालको र दूधको, ओदर र सहोदरको, खोपीको र टोपीको, दूध र हाडको सवाल हुन्छ, त्यसैले यी कुरा ध्यानपूर्वक सुन, तँ मेरो छोरो होस् ती बा हुन् तर तिमी तिनका नालका छोरा होइनौ । त्यसैले तेस्रो तलाकीबाहेक जोसँग विवाह गरे नि हुन्छ गर फरक पर्दैन तर तेस्रो तलाकीले मेरो दूध तेरो पालाको खाएकी सत्य हो । त्यसैले दूध चाहिँ बार्नैपर्छ बाबु बार । एउटै नालमा र दूधमा नपरेपछि विवाह गर्न हुन्छ गर । अरू जो जे मर्जी लाग्छ त्यही गर ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच