
काठमाडौं । स्टक ब्रोकर एसोसिएसनको अध्यक्षमा सागर ढकाल निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा ४५ मतसहित ढकाल अध्यक्षमा निर्वाचित हुनुभएको हो । प्रतिस्पर्धी राजकुमार तिमल्सिनाले ४३ मत प्राप्त गर्नुभएको थियो ।
पुराना ब्रोकरको संघ र नयाँ ब्रोकरको संगठनबीच मर्जपछिको पहिलो निर्वाचनमा नयाँ ब्रोकरतर्फबाट ढकाल निर्वाचित हुनुभएको हो । यसअघि धितोपत्र ब्रोकर्स अध्यक्ष रहनुभएका ढकाल हिमालयन ब्रोकरेज (स्टक ब्रोकर नम्बर ६३) का अध्यक्ष हुनुुहुन्छ ।
उपाध्यक्षमा नितेशकुमार अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा विनय रेग्मीका साथै सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच