काठमाडौं । चौथो चरणको फेलोसिप कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बैंक केवल निक्षेप संकलन र कर्जा लगानीमा मात्रै केन्द्रित रहँदै आएकोमा क्रमशः दायरा विस्तार गरेको बताउनुभयो । नबिलले कीर्तिपुरमा उद्यमशीलता विकासका लागि ‘हव’ स्थापना गर्न खोजिरहेको जानकारी दिँदै उहाँले विश्वविद्यालयसँग समन्वयका लागि आग्रह गर्नुभयो ।
नबिल बैंकका सञ्चालक निर्वाण चौधरीले सामाजिक उद्यमशीलतामा रुचि राख्नेहरूलाई सधैँ उत्कृष्ट प्लेटफर्म नबिलले प्रदान गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नबिलले सञ्चालन गरेको नबिल एसएसई कार्यक्रममा समाजमा निकै सकारात्मक प्रभाव पारेको हामीले महसुस गरेका छौँ, तपाईँहरूसँग अहिले राम्रो पूर्वाधार नहुन सक्छ तर त्यसका लागि उचित सल्लाह र परामर्शको खोजीमा हुनुहुन्छ भने यो प्लेटफर्म एकदमै उपयोगी हुनेछ ।’
फेलोसिप कार्यक्रममा सहभागीहरूले छ महिना अवधिमा १८ दिनको एक्सन-बेस्ड आवासीय तालिम लिने, एक वर्षसम्मको परामर्श सेवासमेत उपलब्ध गराइने आयोजकले जनाएको छ । आयोजकका अनुसार फेलोसिपका २० सहभागीमध्ये ११ जना महिला छन् । सहभागी काठमाडौंका आठ, ललितपुरका तीन, भक्तपुरका तीन र खोटाङ, रूपन्देही, सुनसरी, तनहुँ, बाँके र अर्घाखाँचीका छजना रहेका छन् ।
सहभागीहरूले पर्यावरणमैत्री व्यवसाय जस्तै केराको फाइबरबाट कपडा निर्माण, प्राकृतिक जडीबुटीबाट सौन्दर्य सामग्री उत्पादन र विभिन्न डिजाइनका मैनबत्ती उत्पादन गरिरहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच