काठमाडौं । काठमाडौंको जयबागेश्वरीमा आकाशे पुल बनाइएको छ । पशुपति र जयबागेश्वरी मन्दिर आवतजावत गर्न सहज होस् भनेर बनाइएको पुलमा ओहोरदोहोर गर्ने यात्रु भने खासै देखिँदैनन् । यात्रुहरू सडकबाटै बाटो काट्छन् । पौने करोड लगानीमा तीन वर्षअघि काठमाडौं महानगरले बनाएको आकाशे पुल अपायक ठाउँमा हुँदा प्रयोगविहीन बन्दै गएको छ ।
सडक विभागले २०७५ सालमै कोटेश्वर चोकमा आकाशे पुल बनाउने योजना बनाएको थियो । विभागले आकाशे पुल निर्माणका लागि २०७५ चैतमा ठेक्का सम्झौता पनि गरेको थियो । तर, आकाशे पुल कहाँ बनाउने भन्ने विषयमै विवाद हुँदा अझै बन्न सकेको छैन । सडक विभागले कोटेश्वर चोकनजिकै पुल निर्माण गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । तर, काठमाडौं महानगरपालिका-३२ले तीनकुने पुलनजिक हुनुपर्ने माग गरेपछि विवाद भएको हो ।
यो मात्रै होइन महानगरले २०७७ मै त्रिपुरेश्वर, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकलगायत पैदल यात्रुको चाप बढी भएका स्थानमा आकाशे पुल निर्माण गर्ने योजना योजना बनाएको थियो । तर, ती योजना योजनामै सीमित बनेका छन् । निर्माण सुरु भएका आकाशे पुल पनि बन्न सकेका छैनन् । चावहिल चोकमा बनेका दुई आकाशे पुलमध्ये एउटा पुल अलपत्र परेको छ ।
गोकर्णेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक योजना तथा कार्यक्रममा जोरपाटी चोकमा आकाशे पुल निर्माण गर्ने योजना बनाएको थियो । यसैका लागि दुई करोड रुपैयाँ बजेट पनि विनियोजन भएको थियो तर, निर्माण हुन सकेन । नगरपालिकाले फेरि आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा पनि जोरपाटी चोकको आकाशे पुल निर्माण गर्ने योजना अघि सारेको थियो । तर, पाँच वर्ष बितिसक्दा पनि त्यहाँ पुल निर्माण हुन सकेको छैन ।
यी त केही उदारण हुन् । आकाशे पुल बनाउन काठमाडौं महानगर र डिभिजन सडक कार्यालयबीच होडबाजी चलेको छ तर, निर्माण भने हुन सकेको छैन । महानगरका अनुसार आवश्यक ठाउँमा आकाशे पुल बनाउन सडक विभाग र डिभिजन सडक कार्यालयले दिएको छैन । डिभिजन सडक कार्यालय काठमाडौंको आकाशे पुल बनाउने आफ्नै योजना रहेको भन्दै महानगरलाई पुल बनाउन नदिएको हो । कोटेश्वर र जिल्ला अदालत अगाडि बबरमहलमा आकाशे पुल बनाउने महानगरको योजनामा भए पनि विभागले नदिएको हो ।
सडक डिभिजन, काठमाडौंका सूचना अधिकारी महानन्द जोशीले भने एअरपोर्टका कारण कोटेश्वरमा आकाशे पुल बन्न नसकेको बताउनुभयो । यस्तै, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले सडक विभागका कारण जोरपाटी चोकमा आकाशे पुल निर्माणको काम रोकिएको बताउनुभयो ।
यस्तै, महानगरको सार्वजनिक निर्माण विभागका विभागीय प्रमुख शाक्यले काठमाडौंको आवश्यक ठाउँमा सडक विभागले अनुमति दिए आकाशे पुल बनाउने महानगरको योजना रहेको बताउनुभयो ।
जोखिम मोलेरै ओहोरदोहोर
काठमाडौं उपत्यकामा सवारी चाप बढ्दै गएको छ । धेरै सवारी चाप भएका ठाउँमा पैदल यात्रुलाई बाटो काट्न निकै सकस हुने गरेको छ । धेरै सवारी चाप हुने ठाउँमा सुरक्षित ढंगले सडक पार गर्ने संरचना नहुँदा पैदलयात्रुले जोखिम मोलेरै ओहोरदोहोर गर्ने गरेका छन् । यसले यात्रु र सवारी दुवैलाई सकस परेको छ । तर, यी ठाउँमा आकाशे पुल बनाउन संघीय र स्थानीय सरकारले चासो दिएका छैनन् । कतिपय ठाउँमा आकाशे पुल बनाउन होडबाजी गरे पनि बन्न सकेका छैनन् ।
बनेका कतिपय पुल पनि यात्रुलाई सहज हुने खालका छैनन् । धेरै आकाशै पुल अपांगमैत्री छैनन् । आकाशे पुल बनाउनुपूर्व नै नागरिक सुरक्षित हुने खालका सुविधासम्पन्न डिजाइन बनाउनुपर्ने विज्ञहरूको सुझाव छ । यसअघि आकोश पुल बनाउँदा फरक क्षमतालगायत ज्येष्ठ नागरिकको सुरक्षाका लागि नसोचिएकाले अब नयाँ बनाउँदा ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ । विदेशमा लिफ्टवाला आकाशे पुल हुन्छन् । विदेशमा हिृवलचियर अट्ने खालका हुन्छन् । तर, यहाँ त भएका पनि फरक क्षमता भएकालाई पार गर्नै गाह्रो हुने खालका छन् ।
मर्मतसम्भार नहुँदा दुर्घटनाको खतरा
यात्रुलाई सहज होस् भन्नलाई बनाइएका आकाशे पुललाई व्यापार गर्ने थलो बनाइएको छ । आकाशे पुलमा अनावश्यक होडिङ बोर्डहरू राखिएका छन् । शहरमा भएका आकाशे पुलको मर्मत सम्भारमा पनि कसैको चासो छैन । कामचलाउ तरिकाले गरिएका मर्मतका कारण प्रयोगकर्तालाई समस्या मात्रै थपिएको छैन, सुरक्षाको प्रश्न पनि उठेको छ । कतिपय आकाशे पुलका भर्याङहरू जीर्ण भइसकेका छन् । आकाशे पुल मुनिका पसलमै पानी चुहिन थालेको छ । चाडपर्व, मेला-जात्रा र विशेष दिनमा जम्मा हुने भिडलाई आकाशे पुलले थेग्न सक्ने÷नसक्नेबारे सरकारले कुनै चासो दिएको छैन । यसले दुर्घटनाको जोखिमसमेत बढाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच