
काठमाडौं । हिमालय टाइम्सकर्मी लेखनाथ पोखरेल सम्मानित हुनुभएको छ । एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस्(अनाज) र राष्ट्रिय कृषक समूह महासंघद्वारा शुक्रबार कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा आयोजित कार्यक्रमबीच कृषिमन्त्री रामनाथ अधिकारीले पोखरेललाई ‘कोदो समाचार लेखन सर्वोत्कृष्ट पुरस्कार तथा सम्मान’ प्रदान गर्नुभएको हो । चौथो राष्ट्रिय कोदो दिवसका सन्दर्भमा समाचार लेखन प्रवद्र्धनका लागि लेखनवृत्तिमा सहभागीमध्ये पोखरेलसहित तीन विधामा छजनालाई पुरस्कृत गरिएको छ ।
जसमा उत्कृष्ट पुरस्कार तथा सम्मान अन्नपूर्ण पोष्टकी ममता थापा र उज्यालो रेडियो नेटवर्कका मदन पौड्याललाई प्रदान गरिएको छ भने रातोपाटीकी सरिता थारु, आर्थिक अभियान दैनिकका प्रशान्त खड्का र टक्सारन्युजका रवि थापालाई सान्त्वना पुरस्कार र सम्मान प्रदान गरिएको छ । नगदसहित सर्वाेत्कृष्ट, उत्कृष्ट र सान्त्वना पुरस्कार राशि क्रमशः १५ हजार, १० हजार र पाँच रहेको थियो ।
सो अवसरमा मन्त्री अधिकारीले पोषणयुक्त कोदोबाली प्रवद्र्धनका लागि सरकार दिवस घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो । कृषक समूह महासंघ र अनाजले संयुक्तरूपमा बहुगुणी कोदोजन्य बालीको प्रवद्र्धनका लागि विगत चार वर्षदेखि कोदो बहस तथा कोदो दिवस आयोजना गर्दै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच