
देवकी गौतम
शास्त्रले भनेको छ, दश उपाध्यायभन्दा एक आचार्य महान्, सय आचार्यभन्दा एक पिता महान्, हजार पिताभन्दा एक माता अर्थात् एक महिला महान् हुन्छन् । नालापानीको युद्धमा पानीसम्म नखाई युद्ध लड्ने सामथ्र्य राख्ने महिला, सुत्केरी अवस्थामा कलिलो सन्तानलाई कम्मरमा बाँधेर खुकुरीले मुला काटेजस्तो अंग्रेज काट्न सक्ने तिनै महिलाहरूलाई इतिहासले त्यसै महानताको बिल्ला भिराइएको भने पक्कै होइन ।
स्वतन्त्रता र समृद्धिमा महिला-अन्तर्राष्ट्रिय परिवेश :
आज विगतदेखि वर्तमान परिवेशसम्म आइपुग्दा स्वतन्त्रता र समृद्धिमा महिलाको भूमिकालाई केलाएर हेर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिमा उनीहरूको भूमिका र योगदान अतुलनीय रहेको सत्य जग जाहेर छ । अन्तर्राष्ट्रिय परिवेशलाई केलाउने हो भने विश्व मुक्ति आन्दोलन र स्वतन्त्रता संघर्षका लागि महिलाहरू अग्रपंक्तिमा रहँदै आएका छन् । भारतीय स्वतन्त्रता आन्दोलनको समयमा-सरोजिनी नायडु र रानी लक्ष्मीबाई (झाँसीकी रानी) जस्ता नेताहरूले औपनिवेशिक शासनविरुद्ध लडे ।
दक्षिण अफ्रिकामा-अल्बर्टिना सिसुलु जातीय र लैंगिक समानताको वकालत गर्दै रंगभेदविरोधी आन्दोलन गर्ने प्रमुख व्यक्तित्व थिइन् । अल्जेरियामा-जामिला बोहिरेड जस्ता महिलाहरूले फ्रान्सेली औपनिवेशिक शासनविरुद्ध देशको स्वतन्त्रताको युद्धमा सक्रिय रूपमा भाग लिए । यी महिलाहरूले आफ्नो राष्ट्रको स्वतन्त्रताको लागि मात्र लडेका छैनन्, परम्परागत लैंगिक भूमिकाहरूलाई पनि चुनौती दिएका छन् । जसले स्वतन्त्रतापछिको शासन व्यवस्थालाई थप समावेशी गर्नका लागि मार्ग प्रशस्त गरेका छन् ।
नेपालको इतिहासलाई केलाएर हेर्ने हो भने नालापानीको युद्धमा पानीसमेत नखाईकन अंग्रेजसँग लड्ने सामथ्र्य राख्ने गाथादेखि ‘लोकतान्त्रिक आन्दोलनकी आमा’ भनेर चिनिने मंगलादेवी सिंह निरंकुश शासनमा नेपालको स्वतन्त्रताको लडाइँमा राणा शासन विरुद्धको संघर्षमा नेतृत्व गर्ने प्रमुख व्यक्तित्व थिइन् ।
आन्दोलन गर्ने मात्र नभएर महिला नेतृहरूले लोकतान्त्रिक मूल्य र समावेशी नीतिहरूको प्रवद्र्धन गरी स्वतन्त्रता र समृद्धिको बाटोमा अघि बढ्ने क्षमता देखाएका छन् । अफ्रिकाको पहिलो निर्वाचित, महिला राज्य प्रमुख लाइबेरियाका एलेन जोन्सन सिरलिफ जस्ता नेताहरूले वर्षौंको गृहयुद्धपछि देशको पुनर्निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनको नेतृत्वले शान्ति, शिक्षा र महिला सशक्तिकरण, स्थिरता र आर्थिक पुनरुत्थानलाई प्राथमिकता दियो । युरोपमा, जर्मनीकी एन्जेला मर्केलले चान्सलरको रूपमा आफ्नो कार्यकालमा स्थिरता र आर्थिक वृद्धिको विश्वव्यापी प्रतीकको रूपमा सेवा गरिन् । उनका नीतिहरूले जर्मनीको अर्थतन्त्रलाई बलियो बनायो र देशलाई युरोपेली संघमा एक नेताको रूपमा स्थापित ग¥यो । न्युजिल्याण्डमा, ज्याकिन्डा अर्डेनले दयालु नेतृत्वको उदाहरण दिँदै सामाजिक एकता र समावेशीतालाई बढावा दिँदै सार्वजनिक स्वास्थ्य, बन्दुक नियन्त्रण र जलवायु परिवर्तन जस्ता दबाबका मुद्दाहरूलाई सम्बोधन गर्न सफल भइन् ।
थप अध्ययन गर्ने हो भने विश्वको आर्थिक समृद्धि र गरिबी निवारणमा समेत महिलाहरूले महत्वपूर्ण भूमिका खेलेका छन् । उदाहरणका लागि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा र बंगलादेशका महिला ऋणीहरूको समर्थनमा ग्रामीण लघुवित्त बैंकको पहलमा महिला उद्यमीहरूलाई सशक्तिकरण गरेर लाखौंलाई गरिबीबाट बाहिर निकालेको छ । कर्पोरेट जगतमा, शेरिल स्यान्डबर्ग र इन्द्रा नुयी जस्ता महिला नेताहरूले नेतृत्वको भूमिकामा महिलाहरूको परिवर्तनकारी क्षमता देखाउँदै सामाजिक अवरोधहरू हटाएका छन् ।
यसबाहेक, सामाजिक उद्यम र तल्लो तहका पहलहरूमा महिलाहरूको संलग्नताले विश्वका धेरै भागहरूमा दिगो विकास र सामुदायिक लचिलोपनलाई बढावा दिएको छ । मलाला युसुफजाई जस्ता व्यक्तिहरूले छोरीको शिक्षालाई सुनिश्चित गर्न विश्वव्यापी पहल गरेका छन् जुन गरिबी र असमानताको चक्र तोड्नका लागि महत्वपूर्ण छ । संयुक्त राज्यमा, रोजा पार्क र रुथ बाडर गिन्सबर्ग जस्ता व्यक्तित्वहरूले नागरिक अधिकार र लैंगिक समानतालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेका छन् । जसको कारण न्याय र समावेशीतर्फको सामाजिक मनोवृत्तिलाई पनी धेर थोर परिवर्तन गरेको छ ।
स्वतन्त्रता र समृद्धिमा नेपाली महिला राजनीतिक नेतृत्वको भूमिका :
नेपाली महिला राजनीतिक नेतृहरूले राष्ट्रलाई आकार दिन, स्वतन्त्रता, लोकतन्त्र र समृद्धिका लागि संघर्षमा योगदान पु¥याउन परिवर्तनकारी भूमिका खेलेका छन् । पितृ सत्तात्मक समाजमा रहेर काम गरे पनि यी नेताहरू लैङ्गिक समानता, सामाजिक न्याय र समावेशी शासन जस्ता महत्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्दै परिवर्तनका लागि उत्प्रेरकका रूपमा देखापरेका छन् । नेपालको इतिहासलाई मसिनो गरी केलाएर हेर्ने हो भने नालापानीको युद्धमा पानीसमेत नखाईकन अंग्रेजसँग लड्ने सामथ्र्य राख्ने गाथादेखि ‘लोकतान्त्रिक आन्दोलनकी आमा’ भनेर चिनिने मंगलादेवी सिंह निरंकुश शासनमा नेपालको स्वतन्त्रताको लडाइँमा राणा शासन विरुद्धको संघर्षमा नेतृत्व गर्ने प्रमुख व्यक्तित्व थिइन् ।
उनको सक्रियताले अधिनायकवादलाई चुनौती मात्र दिएन, नेपालको लोकतान्त्रिक आन्दोलनमा महिला सहभागिताको आधारशिला पनि खडा ग¥यो । त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टीकी प्रमुख नेतृ सहाना प्रधानले महिलालाई परिचालन गर्न र सामाजिक सुधारको वकालत गर्न महत्वपूर्ण भूमिका मात्र निर्वाह गरिनन् । उनको प्रयासले नेपालको राजनीतिक बहसलाई आकार दिन मद्धत ग¥यो र राष्ट्र निर्माणमा लैङ्गिक समानताको महत्वलाई जोड दियो ।
२०४६ सालको आन्दोलन र त्यसपछिको लोकतान्त्रिक संक्रमणको समयमा होस् अथवा माओवादी विद्रोहको समयमा होस् नेपाली महिला नेताहरू अभिन्न अंग थिए । तत्कालीन विद्रोही माओवादी पार्टीकी सदस्य र गृहयुद्धको समयमा प्रभावशाली व्यक्तित्व हिसिला यमी, पम्फा भुसाल, ओनसरी घर्ती जस्ता महिलाहरूले सशस्त्र संघर्ष र शान्ति स्थापना प्रक्रियामा सक्रिय रूपमा भाग लिएका थिए । उनीहरू राजनीतिक र सामाजिक सुधारका लागि बलियो आवाजका रूपमा देखापरे ।
तत्कालीन विद्रोही सेनामा लगभग ४० प्रतिशत महिलाहरू समावेश थिए । (माओवादी द्वन्द्वकालका नकारात्मक पाटा र नेपाली महिलाले विद्रोही र राज्यको पक्षबाट पाएका यातनाको व्याख्याको पाटोलाई थाती राखेर हेर्ने हो भने) महिलाहरूको संलग्नताले परम्परागत लैङ्गिक भूमिकालाई मात्र चुनौती दिएको छैन लैङ्गिक संघर्षको अन्तरसम्बन्धलाई हाइलाइट गर्यो र महिलाका मुद्दाहरूलाई राजनीतिक वृत्तमा अगाडि बढायो । असमानताका मुद्दाहरू र सबै क्षेत्रमा महिला सशक्तिकरणको आवश्यकतालाई ध्यानाकर्षण गराए । शान्तिको समयमा नेपालको भविष्य निर्माणमा महिलाको आवाज पनि केही हदसम्म समावेश भएको छ ।
सन् २०७२ को संविधानले संसद्का कम्तीमा एकतिहाइ सदस्य महिला हुनुपर्ने र स्थानीय तहमा कम्तीमा ४० प्रतिशत महिला सहभागीताले राष्ट्रिय राजनीतिमा महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम छन् भनी प्रशस्त उदाहरण प्रस्तुत भएका छन् । नेपालको पहिलो महिला राष्ट्रपतिमा विद्यादेवी भण्डारीको निर्वाचित हुनु मात्र होइन एकै समयमा सभामुख जस्तो राज्यको गरिमामय पदमा ओनसरी घर्ती र न्यायालयको क्षेत्रमा प्रधानन्यायाधीश जस्तो गरिमामय पदमा सुशीला कार्कीको उपस्थितिले नेपाली महिलाको राजनीतिक क्षेत्रको सहभागितामा कोशेढुङ्गाको प्रतीक थियो भन्दा अत्युक्ति नहोला ।
आर्थिक क्षेत्रको मेरुदण्ड कृषि क्षेत्रमा नेपालको ग्रामीण क्षेत्रका महिलाहरू लामो समयदेखि योगदान गर्ने प्रमुख हिस्साको रूपमा रहेका छन् । महिलाहरू कृषि, पशुपालन र लघु उद्यमहरूमा संलग्न छन् । तिनीहरूको श्रमले परिवार र समुदायहरूलाई विशेष गरी कामको लागि पुरुष प्रवासको सन्दर्भलाई टेवा पु¥याएको छ । नेपालको अर्थतन्त्रको प्रमुख संवाहक रेमिट्यान्सलाई प्राय महिलाहरूद्वारा व्यवस्थित र लगानी गरिएको छ जसले उनीहरूलाई घरको आर्थिक स्थायित्वको केन्द्रबिन्दु बनाएको छ । नेपालमा महिला उद्यमीको वृद्धि उल्लेखनीय रहेको छ । विभिन्न संघ संस्था र लघुवित्तका पहलहरूले महिलाहरूलाई व्यवसाय सुरु गर्न, रोजगारी सिर्जना गर्न र स्थानीय अर्थतन्त्रमा योगदान दिन सशक्त बनाएका छन् ।
विश्वभर राष्ट्रहरूको स्वतन्त्रता र समृद्धिको मार्गलाई आकार दिन महिलाहरूले निर्णायक भूमिका निर्वाह गरेका छन् । मुक्ति आन्दोलनको नेतृत्व गर्नेदेखि लिएर आर्थिक वृद्धि र समाज सुधारसम्म, समतामूलक र समृद्ध समाज निर्माण गर्न महिलाको योगदान अपरिहार्य छ ।
विशेष गरी ग्रामीण क्षेत्रमा महिलाद्वारा सञ्चालित सहकारीहरू सामूहिक समृद्धि, आर्थिक स्वाधीनता र सामुदायिक विकासका उदाहरण बनेका छन् । उद्योग वाणिज्य महासंघको पहिलो महिला अध्यक्ष बन्ने सफल महिला उद्यमी भवानी राणा नेपालको समृद्धिमा महिलाको योगदान रहेको छ भन्ने एउटा अर्को उदाहरण पनि हो । राज्यको चौथो अंग सञ्चारकर्मीहरूको नेतृत्व गर्ने छाता संस्था पत्रकार महासंघको अध्यक्षमा महिलाले नेतृत्व लिनुलाई पनि एउटा सुखद रूपमा लिन सकिन्छ ।
कुनै पनि देशको समृद्धिलाई व्याख्या गर्ने अर्को एउटा महत्वपूर्ण कडी हो सामाजिक परिवर्तन । नेपालको सामाजिक परिवर्तनमा योगदान पु¥याउने योगमायाका कथाहरू खुलेर भन्न हामी अझ पनि सकिरहेका छैनौँ । अनुराधा कोइराला, चरिमाया तमाङ जस्ता महिलाहरू जसले आफूलाई परेको अन्यायको विरुद्ध खुलेर प्रतिवाद मात्र गरेनन् । समाजमा चेलीबेटी बेचबिखनका विरुद्ध एउटा गतिलो उदाहरण बनेर नेपाली छोरीहरूको हकहितमा आफ्नो जीवन समर्पण गरेका छन् । चुनौती र अगाडिको बाटो विभिन्न उपलब्धिहरूका बाबजुद पनि नेपाली महिलाहरूले शिक्षामा सीमित पहुँच, आर्थिक स्रोतहरू र उच्च तहमा राजनीतिक प्रतिनिधित्व जस्ता चुनौतीहरूको सामना गरिरहेका छन् । जातीय उत्पीडनसहित वर्गीय भेदभावपूर्ण अभ्यासहरूले सीमान्तकृत महिलाहरूको अवस्था आज पनि जहीँको त्यहीँ छ भन्दा अनर्थ नहोला ।
नेपालको स्वतन्त्रता र समृद्धिको यात्रामा महिलाहरूको पूर्ण क्षमतालाई प्रस्फुटन गर्नका लागि केही कुराहरूमा सुधार गर्न आवश्यक छ । शिक्षा र स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने बलियो नीति निर्माण गर्ने, सीप विकास र ऋणमा पहुँचमार्फत आर्थिक अवसरहरू विस्तार गर्ने, सबै क्षेत्रहरूमा नेतृत्वदायी भूमिकाहरूमा महिला प्रतिनिधित्व बढाउने, पितृ सत्तात्मक मान्यताहरूलाई चुनौती दिँदै शिक्षा र सामाजिक चेतनामार्फत लैङ्गिक समतामूलक समाजको निर्माणतर्फ अग्रसर हुनु नै आजको प्रमुख आवश्यकता हो । विश्वभर राष्ट्रहरूको स्वतन्त्रता र समृद्धिको मार्गलाई आकार दिन महिलाहरूले निर्णायक भूमिका निर्वाह गरेका छन् । मुक्ति आन्दोलनको नेतृत्व गर्नेदेखि लिएर आर्थिक वृद्धि र समाज सुधारसम्म, समतामूलक र समृद्ध समाज निर्माण गर्न महिलाको योगदान अपरिहार्य छ ।
प्रणालीगत बाधाहरूको सामना गर्दै गर्दा पनि, महिलाहरूले राजनीतिक नेतृत्व, आर्थिक विकास र विश्वव्यापी सामाजिक प्रगतिमा परिवर्तनकारी भूमिका खेल्न सक्दछन् भन्ने कुरालाई स्वीकार गर्न आवश्यक छ । अहिले पनि प्रधानमन्त्री जस्तो गरिमामय पदमा पदासीन व्यक्तिहरूले नै मैले फलानो महिलालाई बनाइदिए भनेर हल्का रूपले बोलीदिने र मजाकको पात्र बनाउने परिपार्टीको अन्त्य भएको छैन । आफूलाई विश्वकै सर्वेश्रेष्ठ विकसित राष्ट्रको रूपमा परिचित गराउने शक्तिशाली राष्ट्र अमेरिकाका विगतका केही निर्वाचनलाई हेर्ने हो भने विश्व राजनीतिमा महिलाको वर्तमान अवस्थालाई सहजै आँकलन गर्न सकिन्छ । यति लामो इतिहास र योगदानका बावजुद पनि के अझ पनि हाम्रो समाजले महिलालाई साँच्ची स्वतन्त्रता र समृद्धिको संवाहक हुन् भनेर स्वीकारेको छ त ?
पुरुषले दिने र महिलाले लिने खालको मनोवृत्तिको अन्त्य गर्दै यो गम्भीर प्रश्नको उत्तर अबको पुस्ताले खोज्नुपर्ने बेला भएको छ । अन्ततः हामी सबैको लक्ष्य भनेको समावेशी र समतामूलक समाज निर्माण गर्नु हो जहाँ दिगो स्वतन्त्रता र समृद्धि हासिल गर्न महिलाको योगदान आवश्यक छ । यसका लागि हिमालय टाइम्सले विगत तीस वर्षदेखि निरन्तर यस विषयलाई टेवा पु¥याउने काम गरिरहेकने छ जुन प्रशंसनीय छ । (चितवनकी गौतम नेपाली कांग्रेसबाट राजनीतिमा सम्बद्ध हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच