नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा बर्दघाट उद्योग वाणिज्य संघ द्वारा आयोजित मेलामा समापन भएको छ । १२ दिनसम्म चलेको मेलामा करिब ३ करोड बराबरको कारोबार भएको आयोजना बर्दघाट उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
बर्दघाटको मेलाले बजारीकरणमा ठुलो सहयोग पुर्याएको बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । "स्थानीय व्यापार र महिला उद्यमिलाइ सहुलियतमा स्टल उपलब्ध गराउँदै नयाँ र स्थानीय उद्योगिहरु बजार प्रवर्द्धनमा मेलाले सहयोग गरेको छ ।" नगर प्रमुख श्रेष्ठले भन्नुभयो । १३ दिन सम्म सञ्चालन भएको मेलाले बर्दघाटको पर्यटन विकासमा मेलाले सपोर्ट गरेको धारणा राख्दै श्रेष्ठले आगामी दिनमा मेलाको स्वरुप परिवर्तन गर्नु पर्नेमा जोड दिनु भयो । अहिले मेलामा फिस टनेल नयाँ आएको छ । आगामी दिनमा पर्यटकीय क्षेत्रहरू जोड्ने गरि प्याकेज बनाउने र पर्यटकीय क्षेत्रको विकास गर्ने गरि नयाँ योजनाका साथ मेलाको स्वरुप परिवर्तन गर्नुपर्ने श्रेष्ठको भनाइ छ ।
संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद गौतमले मेलाले राखेको उद्देश्य पूरा गर्दै मेला सम्पन्न भएको बताउनु भयो । "हामीले व्यवसायीहरुलाई आपत विपत्तिमा सहयोग गर्ने उद्देश्यले विपत्ति कोषको स्थापना गरी कोषको वृद्धि गरिने छ ।" गौतमले भन्नुभयो । बर्दघाट मण्डपमा महोत्सवमा विभिन्न साङ्गीतिक कार्यक्रम, मनोरञ्जनात्मक गतिविधि, तथा स्थानीय उत्पादन र प्रविधिहरूको प्रदर्शनी राखिएको छ। आयोजकले महोत्सवले क्षेत्रीय व्यापार, पर्यटन प्रवर्द्धन र मनोरञ्जनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छन् । सङ्घमा आवद्ध सदस्यहरूलाई १ लाख रुपैयाँ बराबरको दुर्घटना तथा औषधि उपचार बिमा गरेको र मेलाबाट आगामी दिनमा यो रकम वृद्धि गर्ने योजना रहेको गौतमले जानकारी दिनुभयो ।
मेलाले बर्दघाटको आर्थिक चलायमान गर्दै नगरको पर्यटकीय स्थलको विकास, कृषि र पर्यटकीय क्षेत्रका सम्भावना जस्ता विषयहरुको उजागर गरेको उद्योग वाणिज्य संघका सचिव डिल्लीराज कंडेलले उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच