रौतहट । रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले अनाथ बालबालिकालाई सहयोग गर्नु भएको छ ।
रौतहटको गरुडा नगरपालिका ४ स्थित वंशीराम जयसवाल अनाथालयका बालबालिकालाई नगर प्रमुख साहले चामल, दाल, तरकारी, तिल र सख्खर र जुत्ता किन्नका लागि नगद सहयोग गर्नुभएको हो ।
अनाथालयमा पुगी अनाथालय संस्थापक वंशीराम जयसवाल तथा अनाथ बालबालिकालाई भेटेर नगर प्रमुख साहले विभिन्न किसिमका सामग्री सहयोग गर्नुभएको हो । नगर प्रमुख साहले अनाथ बालबालिकालाई तिलको लड्डु पनि बाँड्नु भएको छ ।
विगतमा आफ्नो जन्म दिवसको अवसरमा अनाथालयलाई नियमित रुपसे सहयोग गर्दै आएका नगर प्रमुख साहले यस वर्ष माघे संक्रान्तिको अवसरमा सहयोग गर्नुभएको हो ।
अनाथ बालबालिकालाई सहयोग गर्दै नगर प्रमुख साहले अझ तत्काल केही गर्नैपर्ने भए तत्काल सहयोग गर्न सकिने बताएपछि अनाथालय संस्थापक वंशीराम जयसवालले जाडोका लागि जुत्ता हुन सके राम्रो भनेर बताएपछि नगर प्रमुख साहले सबै बालबालिकालाई जुत्ताको लागि आवश्यक रकम पनि सहयोग गर्नुभएको छ ।
अनाथालयलाई आफूले नियमित सहयोग गरिरहेको नगर प्रमुख साहले बताउनु भयो । नगर प्रमुख साहसित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।
जुत्ताको लागि नगद पाएपछि संस्थापक जयसवालले खुसी हुँदै धन्यवाद दिनुभएको छ । संस्थापक जयसवालले तत्कालै जुत्ता किनिदिनको लागि बालबालिकाको रेखदेख र व्यवस्थापन गरिरहेका कृष्ण साहलाई रकम उपलब्ध गराउनु भएको छ । बालबालिकाको लागि आजै जुत्ता किनिने साहले बताउनु भएको छ ।
अन्य सामग्रीको व्यवस्थापन भइरहेको भए पनि जाडो छल्न अति आवश्यक जुत्ताको अभावमा बालबालिकालाई समस्या भइरहेकोमा अब सजिलो हुने साहको भनाइ छ ।
अनाथालयमा बालबालिका २२ र व्यवस्थापनमा ४ गरी २६ जना रहेको अनाथालय स्रोतले जनाएको छ । विभिन्न व्यक्ति तथा संस्थाले विभिन्न अवसरमा अनाथालयलाई गरिरहेको सहयोगकै भरमा अनाथालय चलिरहेको संस्थापक जयसवालको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच