
काठमडौं । टीका पुन र बिर्ख विश्वकर्माको स्वरमा रहेको गीत ‘स्वर्गमा प्रतिक्षा गरौला’ सार्वजनिक भएको छ । भीम थापा (नायक)को शब्द रचना, चन्द्र हमालको संगीत, केशव बडूले संगीत संयोजन र कुमार रानाको मिक्सिङ/मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई केशब बडूले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गर्नुभएको हो ।
सुरेश काफ्लेको कथा/निर्देशन रहेको गीतको भिडियोमा बिर्ख बिश्वोकर्मा, सुस्मिता कुँवर, सरिता राजोपाध्याय र घानु जोशीको अभिनय छ ।
सुरेश काफ्लेले छायांकन रहेको भिडियोमा कल्पेश बिश्वोकर्माको सम्पादन एवम् कलर छ । बिर्खको प्रस्तुति रहेको गीतको भिडियो बिर्खकै अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच