मदिरा पिउनु सामान्य जस्तै बनेको छ । युवापुस्ता मात्र होइन, वृद्ध उमेरका ब्यक्ति तथा किशोरकिशोरी पनि मदिरा पिउने गर्दछन् ।अत्याधिक मात्रामा मदिराको सेवन गरेमा ‘ह्याङ’ हुन्छ । जसका कारण उठेर हिड्न खोज्दा पनि ठोक्किदै हिड्नु पर्ने, बोली लरबरिने, तथा अस्पष्ट देखिने हुन्छ जसलाई ह्याँङओभर भनिन्छ ।
मदिरा सेवनपछि हुने ह्याङओभर कम गर्ने केही उपायहरु यस्ता छन:
- ह्याङंओभरमा सकेसम्म दबाबमूलक वान्ता हुनबाट बच्नुपर्छ । यदि मदिरा पिएको १० मिनेट भित्रै तपाईलाई बान्ता भएन भने वान्ता गर्न बल नगर्नुहोला ।
- कागती चिया, कालो चिया, कागती पानी वा कागतीलाई सिधै खाएमा ह्याङओभर कम हुन जान्छ ।
- मदिरा पिउँदा–पिउँदै ह्याङंओभर शुरु भयो भने तुरुन्तै थप मदिरा पिउन बन्द गर्नुहोस् । र तत्काल कागती चिया पिउनुहोस् ।
- यदि वान्ता आउन खोजेको छ भने त्यसलाई रोक्नुहुदैन । किनकी शरीर स्वयं मदिरा बाहिर निकाल्न चाहान्छ । यसलाई रोकेमा उल्टो हानी हुने गर्दछ ।
- यदि ह्याङओभरका कारण तपाई लड्नु भएको छ भने कसैको सहायता वा आफै चिसो हावा आउने ठाउँमा जाने प्रयास गर्नुहोस्, त्यसपछि लगातार नुन पानी पिउनुहोस् ।
- ह्याङओभर उतार्ने सबैभन्दा सरल उपाय भनेको प्रसस्त निदाउनु हो, यसले तपाईको शरीरलाई आराम दिई शरीरमा भएको नशा बिस्तारै घट्दै जान्छ ।
- मदिरा पिउँदा शरीरमा हुने घोलीय पर्दाथमा नशा हुने भएकाले अत्यधिक मात्रामा पानीको सेवन गरेर पिसाबको माध्यमबाट त्यसलाई निकाल्न सके पनि ह्याङओभर कम हुन्छ ।
- ह्याङओभर देखिन थालेपछि स्वच्छ हावामा केहिबेर बसेर तातो पानीले नुहाउनुपर्छ । यदि ह्याङंओभर अत्यधिक मात्रामा छ भने चिसो पानिले टाउको धुनुपर्छ ।
- तातोपानीले नुहाउँदा मदिराका कारण शरीरमा भित्रिएका टक्सिनलाई पखालेर निकाल्न मद्दत गर्छ । साथै शरीरमा भएको ह्याङओभर विस्तारै कम हुँदै जान्छ ।
- अदुवाको प्रयोगले पनि मदिराको नशा उतार्ने भएकाले केही टुक्रा अदुवालाई मुखमा राखेर चपाई मनतातो पानीले निलेमा पनि ह्याङंओभर कम गर्न सकिन्छ ।
- टमाटरको रस, सुन्तलाको जुस, अदुवा हालेको कालो चिया तथा धनिया सख्खरको मिश्रण खाएमा पनि मदिराको ह्याङओभर कम हुने गर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच