काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यू-१९ युथ लिगमा अपराजित यात्रा कायमै राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा पुलिसले ६-० को जित निकालेको हो । योसँगै पुलिसले चार खेलमा १० अंक जोडेको छ । समान खेल खेलेको खुमलटार जितविहीन छ ।
खेलको नवौँ मिनेटमै रामराज गौतमको गोलमार्फत् पुलिसले सुरुवाती अग्रता लियो । ३६औँ मिनेटमा समीर राईले उक्त अग्रता दोब्बर बनाउनुभयो । दोस्रो हाफमा पुलिसले चार गोल थप्यो ।
५४औँ मिनेटमा समीरले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्नुभयो । ८४औँ मिनेटमा सुरज गुरुङले अग्रता ४-० मा पुर्याउनुभयो । त्यसपछि किरण गिरीले थप दुई गोल गर्दै पुलिसलाई ६-० को जित पक्का गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच