काठमाडौं । प्रथम खो-खो विश्वकपमा नेपाली पुरुष टोलीले जित हासिल गरेको छ । नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा भएको दोस्रो खेलमा नेपालले पेरुमाथि ८०-३४ को सानदार जित हासिल गरेको हो । प्रतियोगिताको पहिलो खेलमा भारतसँग नेपाल ४२-३७ को झिनो अन्तरमा पराजित भएको थियो ।
पुरुषतर्फ समूह ‘ए’ मा भारत र नेपालसँगै भुटान, ब्राजिल र पेरु छन् । महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार-चार समूहमा विभाजन गरिएको छ । महिला र पुरुष दुवैमा समूह चरणको खेलपछि चारै समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । दुवैतर्फको फाइनल खेल १९ जनवरीमा हुनेछ ।
पहिलो खो-खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएको छ । यसैगरी नेपाली महिला टोलीले प्रथम खो-खो विश्वकपमा दोस्रो जित हासिल गरेको छ । नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममै भएको दोस्रो खेलमा नेपालले जर्मनीलाई ७३-३४ ले पराजित गरेको हो । मंगलबार नै भएको पहिलो खेलमा नेपालले भुटानमाथि ९३-२४ को सहज जित हात पारेको थियो । समूह ‘सी’ नेपाल, भुटान र जर्मनीसँगै बंगलादेश र श्रीलंका छन् ।
श्रीलंकालाई हराउँदै क्वाटरफाइनलमा
भारतमा जारी खो-खो विश्वकपको पहिलो संस्करणमा नेपाली महिला टिमले समूह चरणको अन्तिम खेलअगावै क्वाटरफाइनल यात्रा तय गरेको छ । नेपाली टिमले बुधबार भएको आफ्नो तेस्रो खेलमा अर्को दक्षिण एसियाली प्रतिद्वन्द्वी श्रीलंकालाई ११०-१० को स्कोरमा हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । प्रतियोगितामा नेपाली महिला टिमको यो लगातार तेस्रो जितसमेत हो । तीनमध्ये तीनै खेलमा जित निकालेको नेपाल ६ अंकसहित समूह ‘सी’ को शीर्ष स्थानमा छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । यी दुई टिमबीचको खेल आज (बिहीबार) नेपाली समयअनुसार अपराहृन ४ः४५ बजेदेखि सुरु हुनेछ ।
ब्राजिलको लज्जास्पद हार
जारी खो-खो विश्वकपको पहिलो संस्करणमा नेपाली पुरुष टिमले लगातार दोस्रो जित निकालेको छ । नेपाली टिमले बुधबार भएको खेलमा दक्षिण अमेरिकी प्रतिद्वन्द्वी ब्राजिललाई १३८-८ ले हराएको हो । प्रतियोगिताको पहिलो खेलमा आयोजक भारतसँग पराजित भए पनि त्यसपछि भने नेपालले लगातार जित निकालेको छ । पहिलो खेलमा नेपाल भारतसँग ४१-३७ ले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले पेरुमाथि ८०-३४ को सहज जित निकालेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच