
धनगढी । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशविरुद्ध कोशी प्रदेशले रोमाञ्चक जित हात पारेको छ । खराब मौसमका कारण १३ ओभरमा छोट्याइएको समूह ‘बी’को खेलमा कोशीले १० रनले बागमती प्रदेशलाई पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङका लागि निम्त्याइएको कोशीले १३ ओभरमा सात विकेटको क्षतिमा ६३ रन बनाएको थियो । कोशीका लागि विमला मलाहाले १९ र कप्तान रुविना क्षेत्रीले १५ रन बनाउनुभयो । अरू ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बागमतीका लागि मनीषा उपाध्यायले एक्लै चार विकेट लिएपछि कोशीले निर्धारित ओभरमा चुनौतीपूर्ण लक्ष्य दिने गरी रन बनाउन सकेन । तर, जवाफी ब्याटिङ गरेको बागमतीको प्रदर्शन राम्रो रहन सकेन । ६४ रनको लक्ष्य पछ्याएको बागमती पाँच बल खेल्न बाँकी छँदै आफ्नो सबै विकेट गुमाएर ५३ रनमा सीमित भयो ।
बागमतीका लागि सविका यादवले २० र विपिषा शाहीले १२ रन बनाउनुभयो । कोशीका कप्तान रुविना क्षेत्री, ज्योति दनुवार र संगीता राईले दुई-दुई विकेट लिनुभयो । खेलमा कोशीका कप्तान क्षेत्री प्लेयर अफ द म्याच घोषित भई पुरस्कृत हुनुभयो ।
मधेश २५ रनमै अलआउट, त्रिभुवन आर्मीको सहज जित
मधेश प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा २५ रनमै अलआउट भएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबार भएको खेलमा मधेशलाई कम स्कोरमा समेट्दै विभागीय टोली त्रिभुवन आर्मीले १० विकेटको सहज जित निकालेको हो ।
जितका लागि मधेशले दिएको २६ रनको लक्ष्य आर्मीले २.५ ओभरमा २९ रन जोड्दै पूरा गरेको हो । आर्मीका लागि सम्झना खड्काले अविजित २२ र अञ्जली विश्वकर्माले चार रन बनाउनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मधेशले १५.२ ओभरमा सबै विकेटको क्षतिमा २५ रनमात्र बनाएको थियो । मधेशका लागि भूमि सिंहले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मधेशलाई सस्तैमा समेट्न आशा पुलामीमगरले तीन विकेट लिनुभयो । मनीषा चौधरी र लक्ष्मी साउदले दुई–दुई तथा ईश्वरी विष्ट र सीता शाहीले एक-एक विकेट लिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच