
कालीकोट । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकालाई एक भव्य समारोहकाबीच साक्षर पालिका घोषणा गरिएको छ ।
आईतबार एक कार्यक्रमकाबीच पालिकालाई साक्षर पालिका घोषणा गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बडुवालको अध्यक्षतामा सुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी रहनु भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पार्वती सिंह (सञ्ज्याल) विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
साथै, कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाजका प्रतिनिधि र स्थानीयवासीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो ।
सान्नीत्रिवेणी गाउँपालिकालाई औपचारिक रूपमा साक्षर पालिका घोषणा गरिएसँगै यश घोषणाले गाउँपालिकाले शिक्षा क्षेत्रमा नयाँ उचाइ हासिल गरेको छ ।
गाउँपालिकाले साक्षर पालिका घोषणा गर्नुपर्ने मापदण्ड अनुसारका सूचकहरू पूरा गरेसँगै यो उपलब्धि हासिल भएको हो । यससँगै, गाउँपालिकाको लक्ष्य सबै नागरिकलाई न्यूनतम साक्षरतामा पहुँच दिनु र सामाजिक(शैक्षिक विकासलाई थप मजबुत बनाउनु हो । यो उपलब्धि हासिल गर्न गाउँपालिकाले विभिन्न संघसंस्थाको सहकार्यमा साक्षरता अभियान सञ्चालन गरेको थियो ।
प्लान इन्टरनेशनल नेपाल, सामाजिक जागरण तथा विकास प्रतिष्ठा ९सादा नेपाल०, मानवअधिकार तथा वातावरण विकास केन्द्र ९हुरेन्डेक० र किर्डाक नेपाल लगायतका साझेदार संघसंस्थाहरूको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
गाउँपालिकाले प्राथमिक शिक्षा, दीक्षान्त कक्षाहरू, सचेतना कार्यक्रमहरू, र सामुदायिक सहकार्य मार्फत साक्षरता सुनिश्चित गरेको थियो ।
सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएका थिएँ, जसले स्थानीय कला र संस्कृतिलाई उजागर गरेको थियो । गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले सबैको सहकार्यले मात्रै यो उपलब्धि सम्भव भएको बताउँदै आगामी दिनमा शिक्षा र डिजिटल साक्षरतामा थप ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
विशेष अतिथि गाउँपालिका उपाध्यक्ष पार्वती सिंह ९सञ्ज्याल०ले अभियानलाई सफल बनाउन सबै तह र तप्काको योगदानप्रति आभार व्यक्त गर्दै यो उपलब्धिले गाउँपालिकाको पहिचानलाई उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
सान्नीत्रिवेणीलाई साक्षर पालिका घोषणासँगै गाउँपालिकाका स्थानीयवासीमा उत्साह थपिएको छ । अब, गाउँपालिकाले साक्षरताको स्तरलाई अझ मजबुत बनाउन शिक्षा, प्रविधि, र विकासमा केन्द्रित योजनाहरू अघि बढाउने तयारी गरिरहेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच