
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ९ लेखर्क वडा कार्यालयले निशुल्क गाउँमै जनप्रतिनिधी, कर्मचारी र स्थानीयका लागि कम्प्युटर तालिम दिएको छ ।
अन्यन्त्र गएर कम्प्युटर सिक्न समस्या हुने भएकाले गाउँमै कम्प्युट कोर्ष सिकाउने वातावरण मिलाएको वडाध्यक्ष नभराज माङपाहाङले बताउनुभयो ।
वडाध्यक्ष माङपाहाङले भन्नुभयो, “अहिलेको युगमा प्रबिधि आवश्यक छ, त्यसैले वडा कार्यालयले नै बजेटको ब्यवस्थापन गरेर जनप्रतिनिधी, कर्मचारी तथा स्थानीयलाई निशुल्क कम्प्युटर तालिमको ब्यवस्था गरिएको हो ।”
वडाले तालिमका लागि एक लाख ५० हजार बजेट बिनियोजन गरेको थियो । कम्प्युटर कक्षा संचालन गर्दे आई रहेको न्युकिल्यस एकेडेमी भोजपुरले सहभागिहरुलाई तालिम दिएको छ ।
एकेडेमीका प्रशिक्षक दिपेश राईले संचालन गरेको तालिममा २५ जनाको सहभागिता रहेको थियो । सहभागिहरुलाई डिजिटल साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ तालिम संचालन भएको छ । तालिममा सहभागि मध्ये उत्कृष्ठ तीन जनालाई न्युकिल्यस एकेडेमीले एडभान्स कोर्षका लागि छात्रबृति समेत दिएको छ ।
एकेडेमीले तालिममा सहभागि सेलीना राई, प्रमिला लुईटेल, सरिता मगरलाई छात्रबृति दिएको हो । आफ्नै ठाउँमा कम्प्युटरको ज्ञान प्राप्त भएकोमा आफुहरु खुशी भएको सहभागि प्रमिलाले बताउनुभयो ।
“अहिलेको समयमा कम्प्युटर आवश्यक छ, हामीले सो बिषयमा आफनै वडाको सहयोगमा जान्ने अवसर पायौ” प्रमिलाले भन्नुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच