काठमाडौं । भारतको लखनउ विश्वविद्यालयविरुद्ध ५८ रनको जित निकाल्दै नेपालको मध्यपश्चिम विश्वविद्यालयले टी-२० जय नेपाल कप-२०२५ को उपाधि जितेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा मध्यपश्चिमले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा लखनउले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११७ रनमात्र बनाउन सक्यो ।
लखनउका ओपनर मनप कन्डपालले सर्वाधिक ५८ रन बनाए पनि टिमको हार टार्न सक्नुभएन । उहाँले ५७ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्नुभयो । यसबाहेक लखनउका अन्य ब्याटरको प्रदर्शन भने उल्लेखनीय रहन सकेन । हर्ष वर्धन सिंहले १५ र यस वर्धन सिंहले १४ रन बनाउनुभयो ।
लखनउविरुद्ध मध्यपश्चिमका देवान पुनले तीन विकेट लिनुभयो । चार ओभर बलिङ गर्नुभएका देवानले २२ रन खर्चिनुभयो । राजकुमार साहले दुई विकेट लिँदा रविन्द्रजंग शाही, सुवास भण्डारी र दिनेश अधिकारीले समान एक-एक विकेट लिनुभयो ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको मध्यपश्चिमले दुई ब्याटरको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको थियो ।
मध्यपश्चिमका विपिन खत्रीले अविजित ५९ रन बनाउनुभयो । उहाँले २८ बलमा पाँच चौका र चार छक्का प्रहार गर्नुभएको थियो । यसबाहेक देवान पुनले ३६ बलमा ६ चौका र दुई छक्कासहित ५८ रन थप्नुभयो । यी दुईले ८२-५ को स्थितिबाट छैटौँ विकेटका निम्ति ७२ रनको साझेदारी गर्दै मध्यपश्चिमको इनिङ सम्हाल्नुभएको थियो । यसबाहे, निश्चल रावलले १९ र राजकुमार साहले १५ रन बनाउनुभयो ।
लखनउका अभिषेक सोनी, मनप कन्डपाल र हर्ष वर्धन सिंहले समान एक-एक विकेट लिनुभएको थिया । नेपाल, भारत र बंगलादेशका गरी आठ टिम सहभागी प्रतियोगितामा मध्यपश्चिम अपराजित रहँदै च्याम्पियन बनेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच