अरुणमा संचालित राष्ट्रपति रनिङ शिल्डको उपाधी शारदा माविलाई

हिमालय टाइम्स
Read Time = 2 mins

भोजपुर । भोजपुरको पुर्वी अरुण गाउँपालिकामा आयोजना भएको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी शारदा माध्यामिक विद्यालय प्याउलीले जितेको छ । गाउँपालिका भित्रका सहभागि सात वटा विद्यालय मध्ये बढी पदकसहित शारदा मावि पहिलो बनेको हो ।

प्रतियोगिताअन्तर्गत शारदा माविले सात स्वर्ण, पाँच रजत र दुई कास्य पदक पाएको छ । यस्तै कटका माध्यामिक विद्यालयले पाँच स्वर्ण, छ रजत, र ११ कास्य, महेन्द्रोदय माध्यामिक विद्यालय पाँच ५ स्वर्ण, पाँच रजत, एक कास्य र अरुणोदय माध्यामिक विद्यालय चरम्बीले चार स्वर्ण, चार रजत, एक कास्य पदक प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेता विद्यालयहरुलाई पूर्वमुख्यमन्त्री राजेन्द्र कुमार राई, गाउँपालिका अध्यक्ष शालिकराम खत्री, उपाध्यक्ष विनिता ढकाललगायतले पुस्कार बितरण गर्नुभयो । सोक्रममा पूर्वमुख्यमन्त्री राईले आफु मुख्यमन्त्री भएको बेलाखेलकुद क्षेत्रको विकासका लागि बजेटको ब्यवस्था गरेको बताउँदै आगामी दिनमा पनि खेलकुद क्षेत्रको विकासका लागि काम गर्ने बताउनुभयो ।

अरुण गाउँपालिका अध्यक्ष खत्रीले खेलकुदको माध्यमबाट व्यक्तिगत क्षमता अभिवृद्धि हुने बताउँदै खेलकुद क्षेत्रले सामाजिक एकता, अनुशासन र समयको महत्वको समेत वोध गराउने बताउनुभयो । अरुणोदय माध्यामिक विद्यालयमा आयोजित प्रतियोगिता मंगलवार सकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?