
काठमाडौं । चलचित्र ‘यो मन त मेरो नेपाली हो’ले सिनेमाघरमा आउने मिति तय गरेको छ । चलचित्रका निर्माता ज्ञानबहादुर प्रधान (रोशन) ले चलचित्र २०८२ सालको असार २७ गतेबाट प्रदर्शनमा आउने जानकारी दिनुभयो । चलचित्रलाई आरआर फिल्मस् प्रा.लि.ले वितरण गर्नेछ ।
चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सनविक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, विजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबन्शीलगायतको अभिनय छ ।
अमेरीकामा बस्दै आउनुभएका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञानबहादुर प्रधान (रोशन)ले निर्माण गर्नुभएको हो । पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रा.लि.र नर प्रधानको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गरेको निर्माणपक्षले जनाएको छ । चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्व र नेपाली भाषाको गौरवसँगै नेपालीको हुन् भन्ने विषयवस्तुलाई उठान गर्न खोजेको छ ।
शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरूमा बसोवास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति बिर्सँदै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषाप्रतिको आकर्षण, महत्व र इतिहास दर्साउन खोजिएको छ । चलचित्रमा दीपक शर्मा, विकास चौधरी र तोरम्पा हाङ राईको संगीत, सौरभ लामाको छायांकन, बनिश शाहको सम्पादन, देव महर्जनको द्वन्द्व, रेनिश फागोको कलर, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच