भोजपुर । भोजपुर सदरमुकाममा रहेको कर्भड हलमा संचालन भएको खुला बि–डिभिजन डवल ब्याडमिन्टन प्रतियोगितााम दर्पण केरुङ र मन्दिप घलेको टिम बिजेता बनेको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल भोजपुरको आयोजनामा आयोजित प्रतियोगितामा मुमिहाङ राई र युनिश राईको टिम उपबिजेता बन्न सफल भयो । यस्तै सिंगल अण्डर १६ तर्फ सायाबुङ राई पहिलो र अश्विन तामाङ दोश्रो बनेको आयोजक युवा संघ नेपालका केन्द्रिय सदस्य बिमल रणपहेलीले जानकारी दिनुभयो । प्रतियोगिता तर्फ खुला बि–डिभिजन डवल ब्याडमिन्टनमा २२ र सिंगल अण्डर १६ तर्फ १२ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिता अन्तर्गत खुला बि–डिभिजन डवल ब्याडमिन्टन विजेता तथा उपबिजेताले नगद रु. २५ हजार, १५ हजार सहित ट्रफी मेडल र प्रमाण प्रदान गरिएको छ । यस्तै अण्डर १६ तर्फ बिजेतालाई नगद रु. तीन हजार र उपबिजेतालाई नगद रु. दुई हजार पाएको आयोजक राष्ट्रिय युवा संघ नेपाल भोजपुरले जनाएको छ । एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री शेरधन राईले बिजेता टिमहरुलाई पुस्कार प्रदान गर्नुभयो ।
जिल्ला तहबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका ब्याडमिन्टनका खेलाडी उत्पादन भएको र पहिल्लो समय जिल्ला तहमा पनि खेलप्रति उत्साह थपिदै गएकाले प्रतियोगिता संचालन गरिएको राष्ट्रिय युवा संघ नेपाल भोजपुरका अध्यक्ष रविन थापाले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच