
काठमाडौं । रामभक्त श्रेष्ठको लेखन तथा निर्देशन रहेको सिरियल ‘घर संसार’ दर्शकमाझ आएको छ । शहरमात्र होइन, गाउँघर पाखा पखेराले चिनेको, हरेक दिन दुखियाहरूको आफ्नै कथा व्यथा बोलिदिने मनोरञ्जनसँगै सामाजिक सन्देशमूल सिरियल ‘घर संसार’ बिहीबारदेखि कान्ति भैरब मिडिया युट्युब च्यानलमार्फत प्रसारणमा आएको हो । यो सिरियल प्रत्येक बिहीबार साँझ प्रसारण हुनेछ ।
तीन दशकदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील निर्माता, निर्देशक श्रेष्ठको लेखन तथा निर्देशन रहेको यो सिरियलमा मञ्जु श्रेष्ठ, रामभक्त श्रेष्ठ, शिवन श्रेष्ठ, रवि खड्का, दीपक खड्गी, विक्रम दोंग, नियुक्ती शेर्पा, सुनिता बु्ढाथोकी, सुश्मिता थापा, सुपा खनाल, सत्य श्रेष्ठ, श्याम श्रेष्ठ, कुमार श्रेष्ठ, कृष्ण श्रेष्ठलगायतको अभिनय छ । प्रज्वल राउत ‘गोकुल’को छायांकन, विक्रम दोंगको निर्माण, विवेक दोंगको टाइटल गीत रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच