
काठमाडौं । च्याम्पियन्स ट्रफी अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुदै छ । पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दै छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २ः४५ बजेदेखि सुरु हुँदैछ ।
भारत समूह ए को विजेताको रुपमा सेमिफाइनल खेल्दै छ भने अस्ट्रेलिया समूह बि को उपविजेताको रुपमा सेमिफाइनल खेल्न लागेको हो । प्रतियोगितामा दुवै अपराजित रहेका छन् ।
आइसीसी प्रतियोगितामा भारतमाथि अस्ट्रेलिया धेरै जसो हावी हुदै आएको छ । २०२३ मा भारत आफ्नै घरेलु मैदानमा एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो । अब यस सेमिफाइनलमा भारतका अगाडी अस्ट्रेलियासँग बदला लिने अवसर रहेको छ ।
भारत र अस्ट्रेलियाबीच एकदिवसीय क्रिकेटमा हेड टू हेडको कुरा गर्दा दुवैबीच अहिलेसम्म १५१ खेल भएका छन् । जसमा अस्ट्रेलियाले ८४ खेल जितेको छ भने भारतले ५७ खेल जितेको छ । त्यस्तै १० खेलको कुनै नतिजा आएको छैन ।
त्यस्तै दोस्रो सेमिफाइनल खेल न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच बुधबार पाकिस्तानको लाहोरमा हुदै छ । आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आगामी आइतबार हुने छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच