
काठमाडाैं । नेकपा (एमाले)का सांसद लिलानाथ श्रेष्ठले मुलुकमा अराजकता र उदण्डताले प्रश्रय पाएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले यस्तो बताउनुभएको हो । सामाजिक सञ्जालमा हेर्न नसकिने शब्दहरु भेटिने गरेको उहाँको भनाइ छ । नेतृत्वविरुद्ध हुटिङ गर्ने र अपशब्द प्रयोग गर्ने कुरामा दलका कार्यकर्ताहरु रमाइरहेको उहाँको जिकिर छ । उहाँले यही प्रवृत्तिको विकास गर्यो भने देश कतातिर जान्छ ? भन्दै प्रश्न समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आज देशमा अराजकता, उदण्डताहरुले प्रश्रय पाएको छ । आज सामाजिक सञ्जालहरुमा हेर्नै नसकिने शब्दहरु लेखिएको हुन्छ । आज देशमा अपशब्दहरु प्रयोग गर्ने, हुटिङ गर्ने कुरामा हाम्रा दलका साथिहरु रमाइरहेका छन् । म उहाँहरुलाई के भन्न चाहन्छु भने हामीले यस्तो समाज निर्माण गर्यौंं भने हामी देश कतातिर लग्नसक्छ ?’
उहाँले संसदको ध्यान समेत मुलुकको विकास र जनहितमा जान नसकेको टिप्पणी गर्नुभयो । उहाँले सबैभन्दा बढी उद्योगीहरु कालोसूचीमा परेको कारण आर्थिक सुधार गर्नतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच