
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड कोष प्रवद्र्धक र माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको एमबिएल इक्विटी फण्डमा आवेदन खुलेको छ । १२ करोड इकाईमध्ये एक करोड २० लाख इकाई अर्थात् एक अर्ब २० करोड रुपैयाँ आकारको १२ वर्षे योजनाको बन्दमुखी योजनामा फागुन २२ गतेदेखि बिक्री खुला भएको हो ।
अंकित मूल्य १० रुपैयाँ बराबरको फण्डमा बिहीबारदेखि अनलाइन प्रणाली मेरो सेयरमार्फत् आवेदन दिन कम्पनीले आहृवान गरेको छ । न्यूनतम एक सय कित्ता तथा अधिक एक करोड २० लाख कित्ता आवेदन दिन सकिनेछ । छिटोमा २६ गते र ढिलोमा चैत ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । बन्दमुखी योजना दोस्रो बजारमा सूचीकृत भई करोबारमा आउने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच