
काठमाडौं । जर्मनीमा मुख्यालय रहेको लुफ्थान्सा ग्रुपले नेपालको अग्रणी जिएसए प्रतिनिधि कम्पनी (रेप्रिजेन्टेसन पाटर्नर) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजलाई आधिकारिकरूपमा आफ्नो अफलाइन जिएसए नियुक्त गरेको छ । लुफ्थान्साले आफ्ना ग्रुपका तीन अन्तर्राष्ट्रिय एयरलाइन्स लुफ्थान्सा एयरलाइन्स, स्विस इन्टरनेसनल एयरलाइन्स र अष्ट्रियन एयरलाइन्सको नेपाल जिएसएका रूपमा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजलाई नियुक्त गरेको हो ।
सम्झौताअनुसार सोसाइटीले नेपालमा लुफ्थान्सा ग्रुपका लागि अभिन्न र रणनीतिक साझेदारका रूपमा काम गर्नेछ । साथै नेपालभर बजार पहुँच विस्तार गर्दै अफलाइन वितरण प्रणाली प्रभावकारीरूपमा सञ्चालन गर्ने जिम्मेवारीसमेत निर्वाह गर्नेछ ।
लुफ्थान्सा ग्रुप भारतकी जेनरल सेल्स म्यानेजर संगीता शर्माले भन्नुभयो, ‘सोसाइटी इन्टरनेसनल ट्राभल्स सर्भिसेजलाई नेपालका लागि हाम्रो नयाँ जनरल सेल्स एजेन्टका रूपमा नियुक्त गर्न पाउँदा हामी उत्साहित छौं । हामी दक्षिण एसियाली बजारमा आफ्नो उपस्थिति बलियो बनाउन र उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।’
आरआर ग्रुप अफ कम्पनीअन्तर्गतको सोसाइटी इन्टरनेसनल ट्राभलका अध्यक्ष रविचन्द्र सिंहले लुफ्थान्सा ग्रुपको नेपालस्थित अफलाइन जिएसए नियुक्त हुन पाउँदा विशेष गौरवान्वित तथा सम्मानित महसुस गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो नियुक्ति सोसाइटी इन्टरनेसनल ट्राभलको स्थानीय विज्ञता र सञ्जालको विशेष पहिचानसँगै अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट अभ्यासमार्फत् हाम्रा साझेदार एयरलाइन्सहरूको अन्तर्राष्ट्रिय बजार हिस्सा विस्तार गर्ने प्रतिबद्धताको प्रमाण हो ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच