
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे-एफ वान सफ्टसँगको सहकार्यमा ‘टपअप-फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौं’ अभियान सार्वजनिक गरेको छ । अभियानअन्तर्गत ग्राहकले आकर्षक उपहार जित्ने अवसर पाउनुका साथै बम्पर उपहार आइफोन १६ प्राप्त गर्न सक्नेछन् ।
अभियानको मुख्य उद्देश्य डिजिटल कारोबार प्रवद्र्धन गर्दै बैंकको मोबाइल बैंकिङ सेवाको प्रयोग बढाउने रहेको बैंकले जनाएको छ । बैंकले डिजिटल भुक्तानी प्रोत्साहन गर्दै ग्राहकलाई सजिलो, सुरक्षित र आधुनिक बैंकिङ सेवाको अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । अभियानमा सहभागी हुन ग्राहकले सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमार्फत् कम्तीमा सय रुपैयाँको मोबाइल टपअप र कम्तीमा पाँच सयको फोनपे डाइरेक्ट कारोबार गर्नुपर्नेछ । उल्लेखित कारोबार गर्ने ग्राहक साप्ताहिक तथा बम्पर उपहारका लागि योग्य हुने पनि बैंकले जनाएको छ ।
बैंकका अनुसार अभियानअन्तर्गत हरेक हप्ता सयजना भाग्यशाली विजेताले सय रुपैयाँ मोबाइल टपअप प्राप्त गर्नेछन् भने अभियानको अन्त्यमा एक भाग्यशाली ग्राहकलाई नयाँ आइफोन १६ प्रदान गरिनेछ । अभियान चैत ३१ गतेसम्म सञ्चालन हुनेछ । सिटिजन्स बैंकले आफ्ना सम्पूर्ण ग्राहकलाई अभियानमा सहभागी भई रोमाञ्चक उपहार जित्ने अवसर प्राप्त गर्न पनि आहृवान गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच