
बंगलादेशी पुरानो फिल्म ‘टाकाइ’ को रुना लैलाले गाएको एउटा गीत छ, ‘टाकार पिछे दुनिया घोरे, आमि घुरले दोष कि ? सुखेर आशा सबाइ कोरे, आमि कोरले दोष कि ?’ रुपैयाँको पछि सबै घुम्छन्, म घुमे दोष के ? सुखको आशा सबले गर्छन्, मैले गरे दोष के ? यो गीत झैँ यो देशको राजनीतिक दलहरूको अन्तिम लक्ष्य भएको छ । राजनीतिक दलको अर्थ नै जसरी भए पनि, चाहे राष्ट्रघात गरेर होस् वा भ्रष्टाचार गरेर पैसा कमाउने मेसिन हो सत्ता । त्यसैले यहाँ तीन दलले बाँडीचुँडी पालैपालौ देश लुट्ने काम गरिरहेका छन् । यसमा सहयोगी अन्य दलहरू पनि छन् । गणतन्त्र जसलाई यिनीहरू निर्विकल्प व्यवस्था भन्छन्, सत्र अठार वर्षमा चौधवटा सरकार बनिसक्यो तर देश दिन प्रतिदिन अधोगतितिर गइरहेको छ ।
पञ्चायत कालमा जो टालेको प्यान्ट लगाएर हिँड्थे, आज उनीहरू महलमा बस्ने भए । दामी लुगा, हातमा लाखौँका घडी, छोरीलाई लाखौंका ब्याग, छोरालाई अर्बौंको सम्पत्ति आर्जन गर्न नाजायज बाटो बनाइदिने, लाखौँको पलङमा सुकला हुने, विदेशी बैंक र उद्योगहरूमा प्रचुर मात्रामा लगानी, स्वदेशी लगानी, हुण्डी कारोबारमार्फत यहाँ अवैध तरिकाले कमाएको पैसा विदेशी बैंकहरूमा जम्मा, करिब एक करोड युवाहरूलाई खाडी, मलेशिया, युरोपेली आदि देशमा श्रमदास बनाएर बिक्री, उच्च शिक्षालाई यति महँगो र अनुत्पादक बनाएकोले युरोप, अमेरिका, अष्ट्रेलिया र न्यूजिल्याण्डमा धपाउने आदि कामको प्रगति भएको छ यो व्यवस्थामा ।
देशका उद्योगधन्दा बन्द गरेर युवाहरूलाई उदारवादको नाममा श्रमदास, दासी बनाएर विदेश पठाउने काम फष्टाएको छ । देशले प्रगति गर्छ भन्ने कतै आशाको किरण छैन, जता हेर्यो उतै औँसीको रातबाहेक केही छैन । सत्तालाई रुपैयाँ कमाउने मेसिन बनाएको परिणति हो यो ।
देशका उद्योगधन्दा बन्द गरेर युवाहरूलाई उदारवादको नाममा श्रमदास, दासी बनाएर विदेश पठाउने काम फष्टाएको छ । देशले प्रगति गर्छ भन्ने कतै आशाको किरण छैन, जता हेर्यो उतै औँसीको रातबाहेक केही छैन । सत्तालाई रुपैयाँ कमाउने मेसिन बनाएको परिणति हो यो । हिजो रिक्साभाडा तिर्न नसकेर पैदल हिँड्नेहरू आज करोडौँको गाडीमा अगाडिपछाडि सुरक्षा टोलीसहित हिँड्ने गर्छन् । हिजो जनताको घरमा गएर खाने, जनताको पैसाले हिँड्ने र पार्टीको काम गर्नेहरू आज करोडौँको गाडीहरूको मालिक भएका छन् । एक दुईवटा होइन, कैयौं मँहगा गाडीहरू उनीहरूको महलको ग्यारेजमा हुने गर्छन् । जनतासँग भएका नेता आज जनतासँग डराएर अगाडिपछाडि सुरक्षाकर्मी राखेर हिँड्ने गर्छन् ।
उमर खय्यामको एउटा रुबाई छ, जसको भावार्थ हुन्छ, नगद जे पाउँछौ, हात थापेर लेऊ, अरूको खातामा (बैंकमा) शून्य होस्, टाढाको बाँसुरी सुनेर के काम, नजिक जुन बज्छ त्यो सुरिलो । यो व्यवस्था उमर खय्यामको रुबाई जस्तो भएको छ, अगाडि जे जे आउँछ, साहोर्दै जाने, देश जाओस् खाल्डोमा । केवल आफ्नो र आफ्नो परिवार र नाता कुटुम्बको भलो भए यिनीहरूलाई पुग्छ । फागुन ७ गतेको राजाको सम्बोधनले यस गणतन्त्रको साम्राज्यमा ठूलै रेक्टरको भूकम्प गएको छ । राष्ट्रको स्वतन्त्रता तथा सार्वभौमिकसत्ता धरापमा परेको र राष्ट्र अवनतिको गर्तमा भासिन लागेकोले राजाले चिन्तित हुँदै जनतालाई साथ दिन आहृवान गरेका हुन् ।
उनको स्वागतमा जुन लाखौं मानिस सडकमा आए, त्यो स्वतःस्फूर्त थियो । कतै पार्टीको झण्डा थिएनन्, चारैतिर राष्ट्रिय झण्डा थिए । बीचमा कसैले योगी आदित्यनाथको पोष्टर राखेर गणत्रन्त्रवादीहरूलाई ठूलै सम्बल दिए । भीडमा घुसपैठ हुन्छ, राज्य स्वयं घुसपैठ गराउन अग्रसर हुन्छ वा भिडन्त गराउन उद्यत हुन्छ । यो पुरानो फर्मुला भइसकेको छ, जनता अब राज्यको प्रपोगण्डामा विश्वास गर्दैनन् ।
अहिले परराष्ट्रमन्त्री आरजू राणा दिल्ली गएकी छिन् । त्यसअगाडि उनले झारखण्डस्थित बाबाधामको दर्शन गरिन् । उनले भाजपालाई खुशी पार्न धर्मको राजनीतिको आड लिएकी छिन् । जबकि वास्तविक बाबाधाम अछाममा छ । उनकै क्षेत्र हो । त्यहाँ नगई इण्डियाको बाबाधाम गएर मोदीलाई खुशी पार्ने कूटनीति अपनाएकी छिन् । अर्का राजतन्त्रको आवरणमा गणतन्त्रवादी राप्रपाका नेता पशुपतिशमशेर राणा पनि गएका छन् । महाकाली सन्धि गर्दा पशुपतिशमशेर राणा जलश्रोतमन्त्री र प्रकाशचन्द्र लोहनी, जसले नेपालमा उदारीकरण भित्र्याए र महाकाली सन्धिको पक्षमा समर्थन गरेका थिए, अग्रणी भूमिकामा थिए । तिनै पशुपति शमशेर हुन्, जसले महाकाली सन्धि भएपछि पश्चिमवाट सूर्य उदाउँछ भनेका थिए तर उदाएन ।
दुबैको पहूँच भाजपाका उच्चस्तरका नेताहरूसँग छ । एउटीको राखी कूटनीतिले र अर्काको ससुराली सम्बन्धले । आरजूले यो लुटतन्त्रलाई जोगाइदिन भाजपाका नेताहरूसँग हारगुहार गर्नेछिन् । त्यसको लागि सरकार परिवर्तनको दबाब परेपछि, त्यस हदसम्म उनी सहमत हुन पुग्नेछिन् । अर्काले सकेसम्म यिनी गणतन्त्रका दलहरू र राजाबीच सहमति गराई यही व्यवस्था टिकाइदिन हारगुहार गर्नेछन्, हो उनले यसमा राजालाई स्पेस दिने कुरा पनि राख्न सक्छन् । उनी र प्रकाशचन्द्र लोहनीले नयाँ अनुहार राजेन्द्र लिङदेललाई च्याखे थापेर संवैधानिक राजतन्त्रको नाममा आफूहरूको पनि भाग खोज्ने हो ।
यदि यहाँ राजतन्त्र फर्काउने आन्दोलन चर्कियो र अहिलेको व्यवस्थाको ठेकेदारहरूले त्यसलाई नियन्त्रण गर्न सकेनन् भने उनीहरूले इण्डियलाई गुहार्ने छन्, मध्यस्थताको लागि । इण्डिया फेरि नेपाल पस्यो भने, फेरि नेपालले केही गुमाउनुपर्ने हुनेछ । जसरी पहिले पहिले पनि गुमाउँदैआएको थियो । जनतालाई साथ दिन राजाले आहृवान गरे तर राजाको भविष्यको रोडम्याप के ? किन जनताले राजालाई साथ दिने, केका लागि ? एउटा व्यक्तिलाई गद्दीमा बसाल्न आफ्नो जीवनको बलिदान दिने किन ? जनताको ज्यान सस्तो छैन, राजाले आऊ भन्दैमा ज्यानको बाजी लगाएर जनता सडकमा आउने ? भोलि राजाले गद्दी त पाउलान् तर जनताले के पाउने ?
हो, देशलाई यति मात्र फाइदा हुन सक्छ, संवैधानिक राजाले राष्ट्रघाती सन्धिसम्झौत वा कानुनमा लालमोहर लगाउने छैनन् । राजा वीरेन्द्रले नागरिकता विधेयकलाई चार पटकसम्म फर्काएर त्यसलाई निष्कृय पारेका थिए तर महाकाली सन्धि त राजाबाट लालमोहर लगाइएन ? राजाको रोडम्यापमा सबैभन्दा पहिला राष्ट्रघात तथा भ्रष्टाचार गरेर अकूत सम्पत्ति कमाई देश विदेशमा राख्ने र लगानी गर्ने अपराधीहरूलाई तुरुन्तै थुनेर सश्रम कारावासमा पठाउने र उनीहरू र उनीहरूको परिवार, नातासम्बन्धीको नाममा रहेको सम्पत्ति राष्ट्रियकरण गर्ने । अहिले बंगलादेशको सर्वोच्च अदालतले शेख हसिना र उनको परिवारको नाममा रहेको सम्पूर्ण धन सम्पत्ति राष्ट्रियकरण गर्ने आदेश दिएको छ ।
अहिले परराष्ट्रमन्त्री आरजू राणा दिल्ली गएकी छिन् । त्यसअगाडि उनले झारखण्डस्थित बाबाधामको दर्शन गरिन् । उनले भाजपालाई खुसी पार्न धर्मको राजनीतिको आड लिएकी छिन् । जबकि वास्तविक बाबाधाम अछाममा छ । उनकै क्षेत्र हो । त्यहाँ नगई इण्डियाको बाबाधाम गएर मोदीलाई खुशी पार्ने कूटनीति अपनाएकी छिन् ।
नेपालको समानान्तर सरकारको रूपमा रहेका आइएनजिओ र एनजिओहरू माथि प्रतिबन्ध लगाएर आइएनजिओहरूलाई देश निकाला गर्ने । यिनीहरूले नै नेताहरूलाई भ्रष्ट बनाएका हुन् र हाम्रो धर्म, संस्कृति, सभ्यतामाथि आक्रमण, गरिरहेका छन् । फण्डिङ बुद्धिजीवी, लेखक, पत्रकार, प्रकाशन गृह विभिन्न अधिकारवादीहरू, राष्ट्र र यहाँको धर्मसंस्कृति र सभ्यता विरुद्ध लागेका कानुनव्यवसायीहरू, न्यायाधीशहरू मापथ कानुनी कार्बाही गरी जेल पठाउने । यी सबै नेपाल विरुद्ध क्रियाशील छन्, न्यायालय, सेना, प्रहरीको पुनर्संरचना गर्ने, भ्रष्ट नोकरशाहहरूलाई नेताहरूसरह दण्डित गर्ने, धर्मान्तरण गर्ने र गराउने दुबैको सम्पत्ति राष्ट्रियकरण गर्दै कडा श्रम कारावासमा पठाउने, प्रदेश खारेजी र स्थानीय निकायलाई सुदृढ गर्ने ।
सबैभन्दा मुख्य विषय यो राष्ट्रको सम्पत्ति राष्ट्रियकरण गर्ने, उद्योगहरूलाई राज्यले लिएर उद्योग सञ्चालन गर्ने, राष्ट्रवादी उद्योगपति र विदेशीको सहयोगले उद्योगहरू खोलेर युवाहरूलाई रोजगारी दिने, यहाँ प्रशस्त रोजगारीको व्यवस्था गरेर क्रमिक रूपमा विदेशमा भएका युवाशक्तिलाई नेपाल फर्काउने, हाम्रो धर्म, संस्कृति र सभ्यता विरुद्ध बनेका कानुनहरूलाई खारेज गर्दै असमान सन्धि समझौता खारेज गर्ने । कृषिलाई आधुनिकीकरण गर्दै कृषि क्षेत्रलाई प्लटिङ गर्नबाट रोक लगाउँदै कृषि उत्पादनलाई वृद्धि गर्ने नीति ल्याउने, अनुदान राजनीतिक कार्यकर्ता र नेताहरूले होइन सच्चा किसानले पाउने व्यवस्था गर्ने र त्यसको कडा अनुगमन गर्ने ।
देशभित्र ठाउँ ठाउँमा प्रांगारिक मलका फ्याक्ट्रीहरू खोल्ने, सिंचाईको व्यवस्था गर्ने, विद्युत बेच्नका लागि नभएर नेपाललाई विद्युतीकरण गर्नेमा जोड दिने । नेपालमा प्राप्त बहुमूल्य जडिबुटीबाट औषधी लगायत उत्पादन गर्ने कारखाना हिमाली क्षेत्रहरूमा खोल्ने, फलफूल र तरकारीको उत्पादन बढाएर नेपाललाई आत्मनिर्भर बनाउन योजना ल्याउने, यी लगायत यस्ता अन्य रोडम्यापसहित राजाले प्रतिबद्धता व्यक्त गर्दै जनतालाई साथ दिन अपिल गर्नुपर्छ, अनि मात्र आन्दोलन सफल हुनेछ । राजाले दुई छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध राख्ने घोषणा गर्दै असंलग्न परराष्ट्र नीति अपनाउनु पर्छ । विश्व बहुध्रुवीय दिशातिर गएको र अमेरिका कमजोर हुँदै गएकोले यसतर्फ पनि सोच्न सकिन्छ ।
पूर्वराजाको एउटा सम्बोधनले तर्सेर विलाप गर्न लागेकाहरूले यो ३३ वर्षमा आफूहरू महान् भएर देखाएको भए, आज जनता विरोधमा उत्रिने थिएनन् । शेक्सपियरको उपन्यास ‘हेमलेट’ मा हेमलेट भन्छन्, ‘टु बि ओर नट टु बि, द्याट इज द क्वेश्चन ।’ देश, धर्म, संस्कृति र सभ्यतालाई जोगाउनु पर्छ । अलेकजेण्डर दुगिनले पनि रुस र युक्रेन युद्धका बारेमा भनेका छन्, ‘को रहन्छ र को रहँदैन, त्यसको एकमात्र निर्णय हो युद्ध ।’ जित सत्यकै हुन्छ । अब निर्णय लिनुपर्छ, ‘टु बि ओर नट टु बि, द्याट इज द क्वेश्चन ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच