
काठमाडौं । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरपालिकाबीच खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न सहकार्यका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । सोमबार विभागको कार्यालयमा महानगरपालिका र विभागबीच उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
महानगरपालिकातर्फबाट महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने र विभागतर्फबाट महानिर्देशक सञ्जीवकुमार कर्णले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको विभागले जनाएको छ ।
सो अवसरमा विभागका महानिर्देशक कर्णले विभागको संरचना सात सय ५३ वटै पालिकामा निर्माण नभइसकेको भन्दै खाद्य स्वच्छता, गुणस्तर कायम गराउने काम तीन तहकै भएको बताउनुभयो । काठमाडौं महानगरपालिकासँग सहकार्यसँगै आगामी दिनमा सात सय ५३ वटै पालिकामा पुर्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
खाद्य वस्तुको गुणस्तरबारेमा विभागको अनुभव धेरै भए पनि पर्याप्त स्रोत साधनको कमीका कारण आवश्यक काम गर्न नसकेको भन्दै उहाँले खाद्य प्रविधिलगायतका दक्ष प्राविधिक राखेर अनुगमन र नियमन कार्यमा सहयोग गरेको खण्डमा सबै नेपालीको स्वास्थ्यको सुरक्षा हुने बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच