
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनस्र्थापनका लागि आन्दोलनमा जाने घोषणा गरेको छ ।
आन्दोलनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले लिने हुनुभएको छ ।
कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरुसँग बोल्दै अध्यक्ष लिङदेनले राप्रपाले नवराज सुबेदीको संयोजकत्वमा बस्ने समितिको विषयमा पनि टिप्पणी गर्नुभयो ।
दरबारले नवराज सुबेदीलाई आन्दोलनको कमाण्डर बनाएको चर्चा छ नि ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘कसले भनेको ? चिठीपत्र कसैले फेला पार्नुभएको छ ? अडियो सडियो, भिडियो छ ? त्यस्तो छ भने पनि मेरो जानकारीमा छैन । राप्रपालाई थाहा छैन । म त्यो समितिमा बस्दिन भनिसकेको छु ।’
यद्यपि, जुनसुकै शक्तिले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दा राप्रपा खुशी हुने लिङदेनको भनाइ छ । अन्य राजावादी शक्तिहरुसँग पनि सहकार्य गर्न राप्रपा तयार रहेको उहाँले बताउनु भयो ।
आउँदो चैत १२ गते अध्यक्षको नेतृत्वमा रहेको आन्दोलन मुल समितिको वैठक बस्ने प्रवक्ता ज्ञानबहादुर शाहीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच