काठमाडाैं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका दोषीलाई कानूनबमोजिम अविलम्व कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै अध्यक्ष शाहले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले गौर हत्याकाण्डको अनुसन्धान कहाँ पुग्यो ? भन्दै प्रश्न समेत गर्नुभयो । यस हत्यका काण्डबारे पीडितले जाहेरी दर्ता गराएको भएपनि सरकारले छानविन नगरेको उहाँको आरोप छ ।
उहाँले भन्नुभयो, ‘म सरकारलाई सोध्न चाहन्छु, गौर हत्यकाण्ड जुन दिउँसो भएको विभत्स हत्या थियो त्यसको छानविन कहाँ पुग्यो ?’
रौतहटको गौरमा २०६३ साल चैत ७ गते उपेन्द्र यादव नेतृत्वको तात्कालिक मधेसी जनअधिकार फोरम र तात्कालिक नेकपा माओवादीका कार्यकर्ताबीचको विवादले झडपको रूप लिएको थियो । त्यस क्रममा दुई दर्जनभन्दा बढी माओवादी कार्यकर्ताको ज्यान गएको थियो ।
घटनाबारे मृतकका परिवारले सोही वर्ष चैत २८ गते प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका थिए । तर सरकारले अहिलेसम्म दोषि पत्ता लगाएको छैन । अध्यक्ष साहले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम संसदको कार्यसूचीबाट हटाउनुपर्ने समेत बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच