आउँदो आर्थिक वर्षदेखि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको कार्य शुरु गर्न सरकारको ध्यानाकर्षण

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले अगामि आर्थिक वर्षदेखि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम शुरु गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । यस आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा राखिएपनि प्राथमिकताका साथ गरिनुपर्ने कामहरु अगाडि बढ्न नसकेको उहाँको भनाइ छ । उहाँले आयोजनाको काम सुरु नहुँदा गोरखा र धादिङका नागरिक अन्योलमा बस्नुपरेको उल्लेख गर्दै निर्माण सुनिश्चितता गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘१२०० मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना अझै निर्माण शुरु भएको छैन । यसलाई राष्ट्रिय गौरवको आयोजनामा राखिएपनि त्यही प्राथमिकताका साथ गरिनुपर्ने कामहरु अगाडि बढ्न सकिरहेका छैनन् । यस आयोजनाबाट प्रभावित गोर्खा र धादिङका जनता अन्यौलमा बस्नु परेको छ । यसले जनतामा अविश्वास र अन्यौलको वातावरण छाइरहेको छ । जलाशययुक्त विद्युतको यस आयोजनाले नियमित विद्युत आपुर्तिमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएको हुनाले अगामि आर्थिक वर्ष २०८२/८३ देखि निर्माण शुरु गर्नेगरी आवश्यक व्यवस्था गर्न सम्माननीय सभामुखमार्फत सरकारको गम्भिर ध्यानाकर्षण गराउँदछु ।’

उहाँले उक्त जलविद्युत आयोेजना सम्पन्न भएको खण्डमा नियमित विद्युत आपूर्तिमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?