
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको आयोजनामा यही चैत ८ र ९ गते हुने वोङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५ को तयारी पूरा भएको छ । आयोजकले बिहीबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
कामपा वडा नं. १६ कालधारा पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा पुरुष १३ र महिला ६ गरी कुल १९ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिता उद्घाटन चैत ८ गते शुक्रबार बिहान ८ बजे हुनेछ । सुरुमा खेलाडीहरूलाई प्रतियोगिताको स्वरूपबारे जानकारी गराइनेछ ।
त्यसपछि पुरुष र महिलाको क्वालिफिकेसन राउण्ड सञ्चालन हुनेछ । जसबाट पुरुष आठ र महिला ६ खेलाडी अन्तिम चरणमा छनोट गरिनेछ । दोस्रो दिन अन्तिम चरणका खेलहरू हुनेछन् ।
पुरुष र महिला दुवैमा विजेताले नगद ५० हजार, उपविजेताले ३० तथा तेस्रो हुनेले २० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता स्पोर्ट क्लाइम्बिङको अन्तर्राष्ट्रिय महासंघ आइएफएससीको नियमअनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ । यस प्रतियोगिताको आवश्यक प्राविधिक सहयोगीका रूपमा इण्डियन माउन्टेनिरिङ फाउण्डेसन (आइएमएफ) का चिफ रुट सेटर विवश रोय नेपाल आउनुभएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा नेपालस्थित वोङ्छु पिक प्रमोसन र अमेरिकी गैरनाफामूलक संस्था मुसा मसला रहेको छ ।
स्पोर्ट क्लाइम्बिङ खेलको विकास र खेलाडीहरूको विकास र अभिवृद्धि गर्नका लागि वोङ्छु पिक र मुसा मसलाले प्रायोजन गरेको जनाएको छ । स्पोर्ट क्लाइम्बिङ खेलकुदका साथै साहसिक खेलकुद तथा खेलकुद पर्यटन क्षेत्रको विकासमा पनि सहयोग गर्नेछ । नेपालमा स्पोर्ट क्लाइम्बिङको धेरै सम्भावना रहेकाले यो खेलको प्रवद्र्धन गर्न सके खेलाडीहरूले अन्तर्राष्ट्रिय रूपमा राम्रो नतिजा ल्याउन सक्ने संघको विश्वास छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच