
काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग फेरि नेपालमा हुने भएको छ । काभाले बिहीबार सार्वजनिक गरेको वार्षिक खेल तालिकाअनुसार नेपालले लगातार दोस्रो पटक यस प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो ।
नेपाल भलिबल संघको आयोजनामा काभा महिला नेसन्स लिग आगामी अक्टोबर ११ देखि १७ तारिखसम्म नेपालमा हुनेछ । नेपाल यस प्रतियोगिताको साबिक उपविजेता हो । अघिल्लो संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
यस्तै, तालिकाअनुसार नेपालले काभा महिला च्याम्पियन्स लिग भलिबल पनि आयोजना गर्ने जिम्मेवारी पाएको छ । यस प्रतियोगिता आगामी डिसेम्बर ७ देखि १४ तारिखसम्म हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच