
मुम्बई । बलिउड सुपरस्टार अमिताभ बच्चन बलिउडमा सबैभन्दा बढी कर तिर्ने कलाकारमा पर्नुभएको छ । अमिताभ २०२४/२०२५ मा सबैभन्दा बढी ट्याक्स तिर्ने भारतीय अभिनेता बन्नुभएको हो । अघिल्लो वर्ष सर्वाधिक ट्याक्स तिर्नुभएका अभिनेता शाहरूख खानलाई उछिन्दै उहाँ पहिलो बन्नुभएको छ । इण्डिया टाइम्समा उल्लेख भएअनुसार अमिताभले यस वर्ष ३५० करोड आम्दानी गरेबापत १२० करोड ट्याक्स तिर्नुभएको छ । अघिल्लो वर्ष उहाँले आम्दानीबापत राज्यलाई ७१ करोड ट्याक्स तिर्नुभएको थियो ।
गत वर्ष सबैभन्दा बढी ट्याक्स भर्ने भारतीय कलाकार शाहरूख बन्नुभएको थियो । उहाँले ९१ करोड ट्याक्स तिर्नुभएको थियो । २०२४/२०२५ मा भने उहाँले ८४ करोड ट्याक्स तिर्नुभएको जनाइएको छ । योसँगै उहाँ यस वर्ष सबैभन्दा बढी ट्याक्स तिर्ने दोस्रो भारतीय अभिनेता बन्नुभएको छ । त्यस्तै, तेस्रो स्थानमा थलापति विजय (८० करोड ट्याक्स) र चौथो स्थानमा सलमान खान (७५ करोड ट्याक्स) रहनुभएको छ ।
यस वर्ष सबैभन्दा बढी ट्याक्स तिर्ने अभिनेता बन्नुभएका अमिताभको कुल सम्पत्ति एक हजार ६०० करोड रहेको २०२४ मा जारी ‘हुरुन इण्डिया’को रिपोर्टमा उल्लेख छ । उहाँको आम्दानीको मुख्य स्रोत फिल्म, टिभी शो (कौन बनेगा करोडपति) र ब्राण्ड इन्डोर्समेन्ट हो ।
उहाँले ब्राण्ड इन्डोर्समेन्टका लागि पाँचदेखि आठ करोडसम्म र एक फिल्म गरेबापत आठदेखि दश करोड पारिश्रमिक लिँदै आउनुभएको छ । उमेरले ८१ वर्ष पार गरिसक्दा पनि उहाँको जोश र सक्रियतामा कुनै कमी आएको छैन । अहिले पनि उहाँको पाइपलाइनमा आधा दर्जन बढी चलचित्र छन् । वर्षौंदेखि टिभी गेम शो ‘कौन बनेगा करोडपति’ चलाइरहनुभएका उहाँसँग ब्राण्डका विज्ञापन पनि पर्याप्त छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच