
काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् केशव पाण्डे निर्देशित ‘११ः ५५’ (डु नट ट्रस्ट एनिवन) र ऋषिराज आचार्य निर्देशित ‘द्रौपदी’ । क्राइम थ्रिलर ‘११ः५५’ रहेको छ भने सोसल ड्रामा ‘द्रौपदी’ रहेको छ । यसअघि प्रदर्शनमा आएका चलचित्र ‘अञ्जिला’, ‘होस्टेल ३’, ‘आउट ल’ ‘राजागञ्ज’ र ‘लाज शरणम्’ पनि सिनेमाघरमा प्रदर्शनरत छन् ।
आजदेखि देशभरका सिनेमाघरमा दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् केशव पाण्डे निर्देशित ‘११ः ५५’ (डु नट ट्रस्ट एनिवन) र ऋषिराज आचार्य निर्देशित ‘द्रौपदी’ । यसअघि प्रदर्शनमा आएका चलचित्र ‘अञ्जिला’, ‘होस्टेल ३’, ‘आउट ल’ ‘राजागञ्ज’ र ‘लाज शरणम्’ पनि सिनेमाघरमा प्रदर्शनरत छन् ।
चलचित्र ‘११ः ५५’ (डु नट ट्रस्ट एनिवन) को बुधबार रेडकार्पेट प्रिमियर शो आयोजना गरिएको थियो । कमलपोखरीस्थित बिग मुभिज सिटी सेन्टरमा आयोजित प्रिमियर शोमा चलचित्रकर्मी र पत्रकारको बाक्लो उपस्थिति थियो । प्रिमियर शोमा चलचित्रले तारिफ बटुलेको थियो ।
केशव पाण्डेको डेब्यु निर्देशकीय रहेको यो चलचित्रमा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेब्यु अभिनेता सागर खनालको अभिनय छ । चलचित्रमा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ ।
अलमोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवासराज काफ्ले चलचित्रमा प्रोडक्सन डिजाइनरका रूपमा रहनुभएको छ ।
विचित्र फिल्मस् र गुड जब आट्र्सको ब्यानरमा निर्माण भएको चलचित्रमा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । चलचित्रका कार्यकारी निर्माता एमएस अग्रज रहेको यो चलचित्रलाई कुवेर सिने डिष्ट्रिब्युसन प्रालिले वितरण गर्दैछ ।
ऋषिराज आचार्य निर्माता तथा निर्देशक रहेको चलचित्र ‘द्रौपदी’मा कर्णालीको दुर्गम क्षेत्रको कला, संस्कृति, भाषा, परम्परा र त्यहाँको जनजीवनको पीडालाई समेटेको बताइएको छ । चलचित्रमा ‘नेपाल आइडल’ विजेता गायक रवि ओड, अश्विनी शाही, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता पौडेल, निर्देशक आचार्य स्वयं लगायतको अभिनय छ ।
आरबी मुभिजको ब्यानरमा बनेको चलचित्रको निर्माता निर्देशक आचार्य स्वयं र प्रकाश ज्ञवाली हुनुहुन्छ । विष्णु ठडराई सह-निर्माता रहेको यो चलचित्रको गीतमा रवि ओड र इन्द्रकला राईको स्वर छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच